पूर्व बेलायती गोर्खा सैनिक र कानून मन्त्री गुरुङबीच भेटवार्ता

होम किरात सुनुवार –

ब्रिटिश गोरखा तथा तिनका परिवारको बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति बेलायत/नेपाल (BGNCCC UK/Nepal) ले बेलायत र नेपालमा आफ्नो अभियान सशक्त रुपमा अगाडी बढाई रहेको छ।

यसै शिलशिलामा शनिबार मे २० सन २०२३ का दिन BGNCCC-UK संयोजक सुनबहादुर तामाङ, BGNCCC-Nepal संयोजक ज्ञानबहादुर राई, गोरखा मेजर प्रेमदोर्जे शेर्पा, निमा शेर्पा, ज्ञानप्रकाश राई लगायतका सम्मिलित एक प्रतिनिधि मण्डलले कानून मन्त्री धनराज गुरूङसंग महत्वपूर्ण भेटवार्ता गरेको छ।

उक्त भेटवार्तामा ब्रिटिश गोरखाहरूको बंशजको नेपाली नागरिकताले निरन्तरताको सुनिश्चितताका लागि हाल नागरिकता ऐन संशोधनको प्रक्रियामा रहेको बिधेयकमा ” ब्रिटिश गोरखा तथा गोरखाका सन्ततिहरुले बेलायती अंगीकृत नागरिकता प्राप्त गरेता पनि उनका बंशजको नेपाली नागरिकता यथास्थिति मा नै निरन्तर कायम रहनेछ ” भन्ने धारा उल्लेख हुनु पर्ने, र यहि संशोधित ऐनको आधारमा पछि संबिधान संशोधन हुनपर्ने मागबारे गहन छलफल भएको थियो।

उपरोक्त सम्बन्धमा कानून मन्त्री गुरुङले गोरखाहरूको नागरिकताबारे विशेष ब्यबस्था गर्न नसके राज्यले ठूलै क्षति बेहोर्नु पर्ने बारे आफू पूर्ण रूपले जानकार रहेको कारण आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिबद्धता ब्यक्त गर्रिएको जानकारी BGNCCC-UK/Nepal का प्रतिनिधि मण्डलले जानकारी गराएको छ।

प्रतिपक्ष दलहरुले माग गरे अनुसार उक्त बिधेयक पुनः संसदमा ल्याएर राज्य ब्यवस्था समितिमा दफावार छलफल हुने परिस्थिति बने यसै संशोधन बिधेयकमा समावेश गरेर नत्र नयाँ संशोधन विधेयक ल्याएर पनि ब्रिटिश गोरखाका नेपाली नागरिकता जस्तो जटिल बिषयलाई सम्बोधन गर्नैपर्ने बिषयमा सम्पूर्ण गोरखाहरुका तर्फबाट BGNCCC -UK/Nepal को जोडदार पहल रहेको छ।

(लेखक BGNCCC -UK का सचिव हुन्।)





Comments

comments

74297