हङकङ डलर ५,००० ई-भाउचरको दोस्रो किस्ता जुलाई १६ मा वितरण गरिने…

एचकेनेपाल डट कम –

हङकङ, २९ मे। हङकङ सरकारले वितरण गरिदै आएको इलेक्ट्रोनिक उपभोग भाउचरको दोस्रो किस्ता जुलाई १६ तारिखदेखि वितरण गरिने भएको छ।

हङकङका उपभोग भाउचर प्राप्त गर्न योग्य नागरिकले दोस्रो चरणमा HK$2,000 प्राप्त गर्ने भएका छन्। यसअघि, पहिलो चरणको HK$3,000 अप्रिलमा वितरण गरिएको थियो।

हङकङमा बसोबास गरिरहेका वा अध्ययन गर्न विभिन्न योजनाहरूबाट लाभान्वित भएका योग्य व्यक्तिहरूलाई पनि HK $ 1,000 उपभोग भाउचर वितरण गरिनेछ।

६ वटा भुक्तानी प्लेटफर्महरू AlipayHK, BoC Pay, Octopus, PayMe HSBC, Tap & Go, र WeChat Pay HK मार्फत चरणवद्ध रुपमा इलेक्ट्रोनिक उपभोग भाउचर प्राप्त गर्न सकिने छ।

थप जानकारीको लागिः The 2023 Consumption Voucher Scheme





Comments

comments

74912