Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालबाट फरार ‘खुँखार’ तस्कर थाइल्यान्डमा

काठमाडौं, नेपालबाट फरार ‘खुँखार’ वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर पछिल्लो पटक थाइल्यान्डमा देखापरेका छन्। वन्यजन्तु अपराध नियन्त्रणमा सक्रिय एसियाली मुलुकका संघसंस्था र सुरक्षा निकायको संयुक्त अपरेशन सफल भए पनि उनलाई कारबाहीका लागि नेपाल ल्याइनेछ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गतको वातावरणीय अपराध पिलरका प्रमुख सविन प्रधानले पछिल्लो पटक बेकर गत चैत २१ गते थाइल्यान्डमा देखा परेको जानकारी दिए। ‘उनी यसअघि चैत १ गते भुटानमा देखा परेका थिए,’ उनले भने,‘भुटानमा केही दिन बसेर थाइल्यान्ड गएको पाइयो।

प्रधानले बेकर वन्यजन्तु अपराध नियन्त्रणमा सक्रिय सुरक्षा निकायको निगरानीमा रहेको जानकारी दिए। ‘हामीले उ बसेको स्थान पत्ता लगाएर अपरेसनको पहिलो चरणको काम सकेका छौं,’ उनले भने,‘दोस्रो चरणको योजना र अपरेसन सफल भयो भने उनलाई नेपाल ल्याउनेछौं।’ आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

7552