तीन छोरीहरुको हत्या आशंकामा हङकङमा भारतीय महिला पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, ५ जुन। २९ वर्षीया भारतीय महिला सोमबार हङकङमा पक्राउ परेकी छन्।

२, ४ र ५ वर्ष उमेरका तीन जना छोरीलाई आफ्नै कोठामा हत्या गरेको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Photo Courtesy: hk01.com

स्थानीय मिडियाका अनुसार शाम शुई पो मा उक्त हृदय विदारक अपराधको घटना भएको हो। बिहान ११:०१ बजे ११५ गुइलिन स्ट्रिटकी २९ वर्षीया भारतीय महिलाले आफ्ना श्रीमानले आफूलाई आफ्नै अपार्टमेन्टमा छुरी प्रहार गरी तीन छोरीको हत्या गरेको दाबी गर्दै प्रहरीलाई खबर गरी बोलाएकी थिइन्।

जब प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे, उनीहरूले भारतीय महिला सुत्ने कोठाको काठको ढोकामा ताला लगाइएको पाएका थिए।

२, ४ र ५ वर्षका तीन बालिका ओछ्यानमा अचेत अवस्थामा पल्टिएका थिए। उद्धारकर्ताहरूले तत्काल तीन बालिकालाई उद्धार गरी आकस्मिक उपचारका लागि क्यारिटास अस्पताल पठाएका थिए। दुर्भाग्यवश, तीनै जनाको मृत्यु भएको पुष्टि भयो।

अधिकारीहरू आइपुग्दा भारतीय महिलाका पति घटनास्थलमा थिएनन्। धेरै संख्यामा अफिसरहरूले गुइलिन स्ट्रीटको एक भागलाई घेरा हाली घटनाको अनुसन्धान गरिरहेका थिए।

घटनास्थलको वातावरण निकै तनावपूर्ण थियो। घटनाको अनुगमन गर्न अस्पतालमा धेरै कानून प्रवर्तन अधिकारी, सामाजिक कार्यकर्ता र अनुवादकहरू थिए।

दिउँसो करिब १२:०० बजे प्रहरीले तीन बालिकाका पाकिस्तानी बुबालाई सम्पर्क गर्न सफल भएका थिए। केही समयपछि पाकिस्तानी बुबा ट्रकमा घटनास्थलमा आई पुगेका थिए।

घटनाको रिपोर्ट गर्ने भारतीय महिलालाई सोधपुछ गरेपछि तीन छोरीको हत्या गरी श्रीमानलाई फसाउन खोजिएको आशंका गरेका छन्।

यस मुद्दालाई सुरुमा “आक्रमण र चोटपटक” को रूपमा वर्गीकृत गरिएको थियो भने पछि “हत्या” को रूपमा वर्गीकृत गरिएको छ। घटनामा संलग्न भारतीय महिलालाई तत्कालै पक्राउ गरी दिउँसो ३ बजेतिर कालो कपडाले टाउको छोपेर लगिएको थियो।

कानून प्रवर्तन अधिकारीहरूले तीन बालिकाहरूलाई कुनै चोटपटक नलागेको र घटनास्थलमा कुनै धारिलो हतियार वा लागूपदार्थहरू नदेखिको बताएका छन्।

दुई बालिकाहरू किन्डरगार्टनमा पढ्दै थिए र अर्की सानी नै थिइन्।

घटनाको बेला छिमेकीहरूले कुनै आवाज नसुनेको बताएका छन्। प्रारम्भिक अनुसन्धानपछि तीन बालिकाको १ देखि २ घण्टाभित्र मृत्यु भएको थियो।

सिरानीमा रगतको दाग रहेकाले उनीहरुलाई आज बिहान तकियाले छोपेर हत्या गरिएको अनुमान गरिएको छ। एक बालिकाको मुख र नाक रगतले लतपतिएको थियो। पोस्टमार्टमबाट मृत्युको वास्तविक कारण भने खुल्न बाँकी छ।

अस्पताल पुगेका बालिकाकी फुपू निक्कै भावुक थिइन्। उनले बालिकाका बाबुआमा करीब एक वर्षअघि छुट्टिएको र हाल अदालतबाट सम्बन्धविच्छेदको निर्णय पर्खिरहेको बताइन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

75586