तमुधिं यूकेका उपाध्यक्ष गुरुङ एन्फा कास्कीको ब्रान्ड एम्बास्डर

लन्डन। बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतकालागि कास्की जिल्ला फुटबल संघ (एन्फा) को ब्रान्ड एम्बास्डरमा मनोनीत भएका छन्।

आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिमलिडरलाई बिदाइ कार्यक्रममा उपाध्यक्ष गुरुङलाई एन्फा कास्कीका अध्यक्ष उज्वल रंजितले मनोनयनपत्र हस्तान्तरण गरेका हुन्। पोखरा-११ को टोली तमुधिं यूकेले २४ मेमा आयोजना गरेको २१औं गोर्खा कपमा भाग लिन यूके आएको हो।

‘श्री कमल गुरुङज्यूलाई यस संघको Brand Ambassador of UK जस्तो गरिमामय पदमा मनोनयन गरेको व्यहोरा जानकारी गराउँदछौं,’ पत्रमा लेखिएको छ, ‘साथै यहाँको सदैव साथ सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।’ फुटबल खेलको विकास र विस्तारको लागि कास्की जिल्लाफुटबल संघ क्रियाशील छ।

को हुन् कमल गुरुङ?
पोखरा बगरमा हुर्केका कमल गुरुङ फुटबल र ह्यान्ड ब का कुशल खेलाडी हुन्। उनी सानैबाटखेलकुदमा बढी रुचि राख्दथे। गण्डकी बोडिङ्ग स्कुलमा अध्ययन गर्ने क्रममा विभिन्न खेलकुदबाटथुप्रै मेडल र प्रमाणपत्रहरु पाएका थिए उनले। उनी पढाईमा पनि अब्बल तथा नेतृत्व गर्न सक्नेक्षमताका व्यक्ति हुन्।

विदेश भए पनि स्वदेशलाई माया गर्नुपर्छ भन्ने भावनाका साथ उनको नेतृत्वमा पोखरा बगरभाइखलकलाई आर्थिक रकम संकलन र युकेबाट मेडल लाने पहिलो योजना उनको सोचअनुसारबनेको थियो। पोखरा म्याराथनलाई पोखरेली मञ्चसँग जोडाउन पनि उनको मुख्य भूमिका रहेको छ। त्यस्तै सहारा युकेका लागि पनि आर्थिक र भौतिकरुपमा सहयोग गरिरहेका छन्।

गत वर्षमात्रै उनलाई सहारा यूकेले ‘सहारा अवार्डबाट सम्मान’ गरेको थियो। हाल उनी रेडिङ्ग बुद्धिस्टगुम्बाको महासचिव पनि छन्। बर्सेनि हुने तमुधिद्वारा आयोजित गोर्खाकपमा ९ वर्षदेखि उनी निरन्तरप्रायोजकको संयोजन गरिरहेका छन्। हाल बेलयातको अल्डरसटमा चाइना ओरिन्टल सुपर मार्केट व्यवसाय सञ्चालनमा व्यस्त छन् उनी।

एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी मंगलबारजेठ ९ गते २३ मेमा बेलायत आएको थियो। एन्फा कास्कीका उपाध्यक्ष नरेन्द्र जङ्ग मुखिया गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ आएका थिए।





Comments

comments

75756