Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तान्त्रिक विद्या सिक्न यि अबोध बालकको बलि चढाइयो…

‘सन्तानमध्ये सबैभन्दा यही छोरो राम्रो थियो, पापाीले घाँटी रेटेर मार्यो,’ छोरोको तस्बिर देखाउँदै शिवमंगल काहाँरले भक्कानिँदै भने।


बलिको रुपमा चढाइएका सोनी

बलिका नाउँमा हत्या गरिएका १० वर्षीय छोरा जीवनको बोलाउने नाउँ सोनी हो । शिवमंगलबा दुई छोरी र दुई छोराध्ये सोनी माइला हुन्।

मजदुर शिवमंगल बुधबार दिउँसो गण्डक नहरमा जाली बुन्न गएका थिए । सदरमुकाम परासीबाट २२ किलोमिटर पूर्व कुडिया गाविस–४ का उनी घर आउँदा माइला छोरा जीवनलाई देखेनन् । खेतको काम सकेर घर आउँदै गरेकी पत्नी निर्मलालाई सोधे, ‘सोनी कता गयो?’

‘यतै होला,’ निर्मलाले जवाफ दिइन । उनी घरधन्दामा लागिन्। शिवमंगल भने छोराको खोजीमा लागे।

रातिसम्म सोनी नभेटेपछि उनी छोरा हराएकोमा विश्वस्त भए। गाउँमा हल्लाखल्ला भयो । भोलीपल्ट विहान इलाका प्रहरी कार्यालय बेलाटारीमा खोजतलासको निवेदन दिए। गाउँले सबै सोनीको खोजीमा लागे।

कोदाई हरिजनबाहेक घटनामा संलग्न अन्य तीनजना पनि अरु गाउँलेसँगै सोनीको खोजीमा हिँडे । शुक्रबार दिउँसो सोनीको शव घरनजिकै रहेको झाडीमा भेटियो– घाँटी रेटिएको अवस्थामा।

कोदाई सोनीलाई खोज्न नगएपछि गाउँलेले उनीमाथि शंका गरे । त्यसैको आधारमा प्रहरीले कोदाईसहित अन्य पाँच जनालाई पक्राउ गर्यो । त्यसपछि हत्याको रहस्य खुल्यो– सोनीलाई तान्त्रिक मन्त्र सिक्न बलिको नाउँमा हत्या गरिएको रहेछ।

कोदाईले आफ्नै छोरा विजयलाई तान्त्रिक विद्या सिकाउन सोनीको हत्या गरेको खुलेको छ । हत्या गरेका सोनी स्थानीय शिवशंकर प्राविमा कक्षा ३ मा पढ्थे । प्रहरीले कोदाईसहित गंगा, हरिजन, रुद्वल हरिजन, सूर्यभान हरिजन र विजय हरिजनलाई पक्राउ गरेको छ । १८ वर्षीय विजय गाउँमा काठको काम गर्दै आएका थिए । विजयबाहेक अन्य चारजना गाउँमा लामो समयदेखि झारफुकको काम गर्दै आउका थिए।

केही दिनदेखि बिरामीको बहानामा विजय बर्बराउन थालेका थिए । कोदाईले आफ्नै छोरा विजयलाई तान्त्रिक विद्या सिकाउन थालेको गाउँले बताउँछन्।

कोदाईले छोरा बिरामी भएको र मान्छेको मासु खाने भन्दै बर्बराउन थालेको गाउँलेलाई बताएको पीडित शिवमंगलले बताए।

तान्त्रिक विद्या सिक्न मान्छेको बलि नदिए छोरालाई सन्चो नहुने कोदाईले आफूसँगै काम गर्ने अन्य तीन झाँक्रीसँग भने। त्यसका लागि सहयोग गरे ५० हजार रुपैयाँ दिने बताएपछि अरू पनि सोनीलाई बलि चढाउन राजी भएको प्रहरीसँगको बयानमा उल्लेख छ। सोनीलाई घरमा बोलाएर बिस्कुट र अनार दिएर बलिको नाउँमा कोदाईले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गडासा (उखु काट्न प्रयोग हुने दाउजस्तो हतियार) ले घाँटी रेटेर सोनीको हत्या गरेको खुलेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ।

कोदाईले हत्या गरेको रात ट्वाइलेटमा शव लुकाएर राखेको र बिहीबार नजिकै रहेको झाडीमा फालेको बयान अभियुक्तहरूले दिएका छन्। सोनीकी आमा निर्मलाले अन्नपूर्णसँग भनिन्, ‘विवाह भएको आठ वर्षसम्म पनि सन्तान नभएपछि उसैले झारफुक गरेर जेठी छोरी जन्मिएकी थिई।’गाउँका सबैले उसको झारफुकमा विश्वास गर्दै आएको निर्मलाले बताइन्।

उनले भनिन्, ‘छिमेकी भएकाले राम्रो सम्बन्ध थियो, यत्रो अपराध गर्‍यो।’ हत्यामा संलग्न चारैजना गाउँमा झारफुकमा प्रख्यात रहेको स्थानीय सुमावती कोहाँरले बताइन् । अरू ठाउँबाट पनि उनीहरूसँग झारफुक गराउन आउने उनले बताइन्।





Comments

comments

Leave a Reply

7668