नेपालीमूलका रीना गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीश

अमेरिका । नेपालीमूलका रीना (रन्जीता) गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा पदोन्नति भएकी छन्। उनी अमेरिकामा नेपाली समुदायबाट सम्भवत: पहिलो नेपाली महिला न्यायाधीश हुन्।

रन्जीताले यही १५ जुनमा ब्रोकलाइन हाईकोर्टमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेकी थिइन्। कार्यक्रममा अमेरिकन र नेपालीहरु गरी झण्डै ३०० जनाको सहभागिता थियो।

रीनाका परिवार कान्छा बाबा कमल गुरुङ र धन गुरुङ पनि युकेबाट सहभागी भएका थिए। पछिल्लो समय गोर्खाहरुका छोराछोरीले देश विदेशमा राम्रो प्रगति गर्दै आएको देखिन्छ।

भूतपूर्व ब्रिटिस गोर्खा यामबहादुर गुरुङ र श्रीमती राजकुमारी गुरुङका दुई सन्तानमध्ये रीना सानैदेखि पढाईमा अब्बल थिए। पिता सेनाकै जागिरमा हुँदा ब्रुनाई टापुमा जन्मिएका रीनाले हाईस्कुल कास्की पोखराको सेन्ट मेरिज स्कुलबाट गरेकी हुन्। पिताको ब्रिगेड अफ गोर्खाज्बाट अवकाश भएपछि सपरिवार अमेरिका प्रवेश गरेका थिए। रीनाले वोष्टन युनिभर्सिटीबाट माष्टर इन ल गरेकी हुन्।

पुरानो गाउँ धम्पुस स्व. उदयबहादुर गुरूड र स्व. कुन्ति देबी गुरूडका नातिनी, हाल न्यूयोर्क क्विन्सफुस्लिङ निवासी पूर्व ब्रिटिस सैनिक यामबहादुर गुरुङ र राजकुमारी गुरुङकी छोरी नेपाली डायस्पोरामा पहिलो न्यायाधीश बनेकी छन्।

छोरी न्यूयोर्क राज्य र सम्पूर्ण संयुक्त राज्य अमेरिकामा नियुक्त भएकोमा उनका परिवारजनले खुशी व्यक्त गरेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

76825