Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोदीको सुट झण्डै ८ करोडमा लिलामी

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुट ४.३१ करोड भारु अर्थात नेपाली ७ करोड ९० लाखमा लिलामी भएको छ।

मोदीको सुट हिराका कारोबारी हितेश पटेलले किनेका हुन्। भारतको गणतन्त्र दिवसका अवसरमा गत जनवरीमा अमेरिकी राष्ट्रपति वाराक ओबामाले भारत भ्रमण गरेको वेला मोदीले उक्त सुट लगाएका थिए। आफ्नै नाम सुनौला अक्षरमा लेखिएको सुट लगाएपछि मोदीको प्रशंसा र आलोचना दुवै भएको थियो।

झण्डै १० लाख भारुमा बनेको यो सुटमा सुनौलो अक्षरमा ‘नरेन्द्र दामोदर मोदी’ लेखिएको छ। गुजरातको सुरतमा तीन दिनसम्म चलेको लिलामीमा राखिएको मोदीको सुटको बिक्रीबाट उठेको रकमले गंगा नदीको सफाइमा खर्च गरिने लिलामी कम्पनीले जनाएको छ। तीन वर्षभित्र गंगा सफा गर्ने मोदी सरकारले वाचा गरेको थियो।





Comments

comments

772