Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी पुल भाँचिएपछि हजारौं यात्रु अलपत्र

गैंडाकोट (नवलपरासी)- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी गैंडाकोट-९ स्थित जयश्री खोलाको पुल सोमबार साँझ ६ बजे भाँच्चिएपछि सयौं सवारी साधन र हजारौं यात्रु अलपत्र छन्। पुल भाँचिएर देशको पूर्व-पश्चिम जोड्ने मुख्य राजमार्गमा १५ घण्टादेखि आवागमन ठप्प छ।

नारायणगढबाट तीन किलोमिटर टाढाको दूरीमा रहेको पुल भाँचिएपछि अलपत्र परेका हजारौं यात्रु र सवारी साधन व्यवस्थापन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। मंगलबार दिनभरमा आवागमन सुचारू हुने इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रेम जोसीले जानकारी दिए।

दुईवटा ट्रिपर र एउटा ट्रक एकसाथ पुल पार गर्दा पुलको एकछेउ भाँचिएर तल भासिएको समाचार नागरिक दैनिकमा टेकनारायण भट्टराईले लेखेका छन्। ३२ मिटर लामो फलामे पुल भाँचिएपछि खोलामा हिम पाइप बिच्छ्याएर सवारी सुचारू गर्ने तयारी भैरहेको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर बिष्णु प्रसाद खनालले बताए। स्थानीय नन्दलाल कँडेलका अनुसार दुई वर्ष पहिले पनि यो पुल यसैगरी भाँचिएको थियो।





Comments

comments

Leave a Reply

7739