ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङसहित ७ जना पक्राउ

काठमाडौं, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अहिलेसम्म सात जनालाई पक्राउ गरेको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई व्यूरोले अनुसन्धानको दायरामा ल्याएको हो।

पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की रहेका छन्।





Comments

comments

78745