हङकङमा लुटिए नेपाली बृद्ध…

एचकेनेपाल डट कम –

हङकङ, ८ जुलाई। हङकङमा शुक्रबार राति एक नेपाली बृद्ध लुटिएका छन्।

फोटो सौजन्य: www.hk01.com

हङकङको परिचयपत्र बोकेका ७१ वर्षीय वृद्ध नेपाली हिजो राति ११:२१ बजे निङ पो स्ट्रिट/साङ्घाई स्ट्रिटस्थित पार्कमा बियर पिएर आराम गरिरहेका बेला लुटिएको प्रहरीले जनाएको छ।

स्थानीय मिडियाका अनुसार उनले आफूलाई नेपाली तीन जना पुरुष र एक महिलाले कुटपिट गरेर लुटेको प्रहरीलाई उजुरी दिएका छन्। उनीहरूले हङकङ डलर ९०० नगद रहेको उनको पर्स र करिब २ हजार हङकङ डलरको मोबाइल फोन लुटेर लगेको पीडितले बताएका छन्।

फोटो सौजन्य: www.hk01.com

प्रहरी अधिकारीहरू घटनास्थलमा अनुसन्धान गर्न पुगे पनि घटनास्थलमा कुनै शंकास्पद व्यक्ति भने भेटिएन।

आक्रमणको क्रममा पीडितको चश्मा फुटेको थियो। र कुटपिटबाट उनले दुखाई महसुस गरेपछि जाँचको लागि एम्बुलेन्समा अस्पताल लगिएको जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।





Comments

comments

79763