Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा एक साताभित्र २१ नेपाली पक्राउ

मीनप्रकाश उप्रेती/ एचकेनेपाल डट कम –
सउल । कोरियामा एक साताभित्र २१ जना नेपाली पक्राउ परेका छन्। अबैधानिक रुपमा काम गर्दै आएका नेपाली मजदुरहरु बिभिन्न स्थानबाट समातिएका हुन्। अध्यागमन विभागका कर्मचारी र स्थानीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेहरुमा दाङजिन क्षेत्रको प्लास्टिक कम्पनीमा कार्यरत १० नेपाली रहेका छन् पक्राउ पर्नेमा दुई नेपाली महिलासमेत रहेका छन्। नेपालीहरुसँगै पक्राउ पर्नेमा ६ जना अन्य देशका नागरिकसमेत रहेका छन्।

उनीहरु बिहीवार बिहान बासस्थानबाटै समातिएको स्थानीय कुबेर कार्कीले बताए। यसैगरि आनसान हाङजी अपार्ट नजिकै रहेको एक मोटर पार्ट बनाउने कम्पनीबाट चार जना अबैधानिक नेपाली पनि पक्राउ परेका छन्। स्थानीय प्रहरीले पक्राउ गरी उनीहरुलाई अध्यागमन बिभागमा बुझाएको छ।

पक्राउ पर्नेहरु अधिकांश रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणाली मार्फत आएर भिसा अबधि सकिएका रहेका छन् भने केही पर्यटक भिसामा कोरिया आएर अबैधानिक भएका छन्।

उता थेगु सहर नजिको डाईकस्टिङ कम्पनीमा कार्यरत ७ जना नेपाली कामदार पनि पक्राउ परेका छन्। उनीहरुलाई अध्यागमन बिभागको कर्मचारीले कम्पनी र बासस्थानमा छापामारी सोमबार पक्राउ गरेको हो। तीमध्ये तीन महिला र चार पुरुष नेपाली कामदार रहेका छन्। अबैधानिक बिदेशीहरुलाई सुराकीको आधारमा पक्राउ गर्ने काम कोरियामा पछिल्लो समयमा तीब्र बन्दै गएको छ।





Comments

comments

Leave a Reply

7979