मनाङ एयरको हेलिकप्टर दुर्घटना: पाइलट चेतबहादुर गुरुङसहित ६ जनाको मृत्यु भएको पुष्टि…

काठमाडौं, मंगलबार बिहान सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट चेतबहादुर गुरुङसहित ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरेका छन्।

मृत्यु हुने ५ जना मेक्सिकन नागरिक रहेका छन्। उनीहरू सोमबार लुम्ला पुगेर काठमाडौं फर्कँदै थिए।

दुर्घटनामा परेर मृत्यु भएका ६ नै जनाको शव काठमाडौं ल्याइँदैछ। खराब मौसमका कारण शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए।





Comments

comments

80027