चन्दा नदिए मार्ने धम्की दिनेलाई ५ करोड लिन बोलाएर दुर्गा प्रसाईंले पक्राए…

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मोबाइलमा गत १३ असारको साँझ ६ बजेर १२ मिनेटदेखि पटकपटक फोनको घण्टी बज्यो। धम्कीपूर्ण र आग्रहयुक्त एसएमएस पनि निकै नै आए।

हरेक फोनवार्ता र एसएमएसमा उनीसँग चन्दाका नाममा करोडौं रकम मागिन्थ्यो, नदिए अपहरण गर्ने र त्यसपछि हत्या गर्ने योजना बनिसकेको सुनाइन्थ्यो । बाँच्ने मन छ भने मागेजतिको रकम दिन भनिन्थ्यो । तर्साउनका लागि तपाईंको नाम दुई नम्बरमा छ पनि भनिन्थ्यो ।

दुर्गा प्रसाईंको चातुर्यता

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार, सुरुवाती चरणमा उनीसँग ३० करोड रुपैयाँ मागिएको थियो । प्रसाईंलाई प्रवेश लामाको नामबाट यस्तो धम्की आएको थियो । यद्यपि, उनी प्रवेश लामा नभई रमेशकुमार गुरुङ रहेको प्रहरीले जनाएको छ।

प्रसाईंलाई यसरी धम्क्याउने ४० वर्षीय गुरुङ खोटाङको रावाबेंसी गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको चुनदेवी बस्ने व्यक्ति हुन्। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

80080