अपडेट: हङकङमा सामुद्रिक आँधी टाईफून तालिम No 8 जारी, हङकङको जनजीवन अस्तव्यस्त…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ जुलाई। हङकङमा सामुद्रिक आँधी टाईफून तालिम No 8 को कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।

हङकङमा सोमवार विहान १२:४० देखि उत्तरपूर्वी ठूलो सामुद्रिक आँधी टाईफून तालिम No 8 शुरु भएको हङकङ ओब्जरभेटरीले जनाएको छ।

फाइल फोटो

यसको मतलब ६३ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढीको गतिमा हावा चल्ने अनुमान गरिएको छ।

हङकङ ओब्जरभेटरीले यहाँका नागरिकहरुलाई सबै सावधानीहरू अपनाउंन, तटीय रेखाबाट टाढा रहन र पानीका खेलहरूमा संलग्न नहुन सूचना जारी गरेको छ।

सामुद्रिक आँधी टाईफून तालिमका कारणका कारण हककङको जनजीवन अस्तव्यस्त र प्रभावित भएको छ। सामुद्रिक आँधीका कारण पब्लिक यातायातका अधिकांश सेवाहरु रद्द भएका छन्।

पीक ट्रामले आफ्नो सेवा निलम्बित गरेको छ। हङकङ अन्तर्राष्ट्रिय विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको छ, तर यात्रुहरूलाई विमानस्थलको वेबसाइट वा “MyHKG” मोबाइल प्रयोग गरेर उडानको नवीनतम जानकारी लिन भनिएको छ।

टाईफून तालिमका कारण मुख्य भूमि चीन, ताइवान र हङकङ बीचका केही उडानहरू रद्द वा ढिलाइ भएका छन्।

MTR ले आफ्नो सेवाको समय १० देखि १५ मिनेट बनाएको छ। लाइट रेल सेवा हरेक १५ देखि २० मिनेटमा चलिरहेको छ। एयरपोर्ट एक्सप्रेस र हाई-स्पीड रेल सेवाहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्, तर यात्रुहरूलाई हङकङ वेस्ट काउलुन स्टेशन पुग्न अतिरिक्त समय छुट्याउन सल्लाह दिएको छ। MTR बस सेवा भने निलम्बन गरिएको छ।

डिस्कभरी बे ट्रान्जिट सर्भिसेज लिमिटेड, टर्बोजेट, र हङकङ-मकाओ फेरी टर्मिनल शेउङ वान र चाइना फेरी टर्मिनल सिम शा चुईद्वारा प्रदान गरिने फेरी सेवाहरू अस्थायी रूपमा बन्द गरिएको छ।

टाईफून तालिमका कारण सबै विद्यालयका कक्षाहरू स्थगित र विभिन्न सरकारी विभागहरू बन्द भएका छन्।

टाईफून तालिम No 8 लाई अपरान्ह ४ बजेदेखि राति ८ बजेभित्र ३ ले प्रतिस्थापन गर्न सक्ने अनुमान हङकङ ओब्जरभेटरीले गरेको जनाएको छ।

टाईफूनको बेला ध्यान दिनु पर्ने कुराहरुः

1) सबै झ्याल र ढोकाहरू राम्ररी बन्द गर्नुहोस्।
2) आफ्नो घरको झ्यालहरूका नजिक नउभिनुहोस्।
3) हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू मौसमले प्रभावित हुन सक्छ। एयरपोर्टको लागि प्रस्थान गर्नु अघि नवीनतम उडान जानकारीको लागि कृपया आफ्नो एयरलाइनलाई सम्पर्क गर्नुहोस्।
4) नियोन चिन्हका मालिकहरूले बिजुली आपूर्ति बन्द गर्नुहोस्।
5) मौसमको नवीनतम जानकारीको लागि कृपया रेडियो सुन्नुहोस् वा टिभी हेर्नुहोस्। थप जानकारीको लागि हङकङ अब्जर्भेटरीको वेबसाइट वा मोबाइल एप ब्राउज गर्नुहोस्।

फाईल भिडियोः





Comments

comments

80335