एक युवकको शव भेटियो, अर्का गम्भीर घाइते अवस्थामा भेटिए

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ।

प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरी टोली घटनास्थलमा पुगेको छ।

रासस





Comments

comments

81208