नेपाल र अमेरीकाबीच दौत्य सम्बन्ध गाँसिएको ७५ औं बर्ष पुगेको उपलक्ष्यमा कोलोराडोमा बिभिन्न कार्यक्रमका हुदै…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपाल र अमेरीकाबीच दौत्य सम्बन्ध सुरुभएकोे ७५ औं बर्ष पुगेको खुसियालीमा नेपाल र अमेरीकाका उच्च पदाधिकारीहरुको उपस्थितिमा बिभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५ औं बर्ष गांठ धुमधामका साथ मनाउन लागिएको छ।

कोलोराडोको लङमन्टस्थित बोल्डर काउन्टी फेयर ग्राउण्डमा (9595 Nelson Road Longmont, Co 80501) आगामी सेक्टेम्बर १ र २ तारिखका दिन बिभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ ७५ औं बर्षगाठ मनाउन लागिएको हो।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा आयोजना गर्न लागिएको कार्यक्रमलाई भब्यताकासाथ सफल पार्न ३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। यसरी गठन गरिएको समितिका सदस्यहरुमा हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, बुद्धिजीवी
तथा समाजसेवीहरुद्वय डा. विजयराज शर्मा र नविन दत्त रहेका छन् । यसैगरी कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदायबीच क्रियाशिल डेढ दर्जनभन्दा बढि संघ संस्थाहरु, नेपाली सोसाइटी टेक्सास र बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरीका कार्यक्रमको आयोजक रहेका छन्।

कार्यक्रम स्थलमा नेपाली खाना, नेपाली हस्तकला र संघ संस्थाहरुको स्टलको नेतृत्व सुनन्दा डंगोलले गर्ने छिन्। त्यस्तै कार्यक्रमलाई ब्यबस्थित बनाउन १ सय भन्दा बढि भोलेन्टियर खटिने छन् । भोलेन्टरको नेतृत्व तथा परिचालन एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकास पौडेलले गर्नेछन् । यसैगरी कार्यक्रम स्थलमा चाहिने सर सामान तथा यतायतका साधनको ब्यबस्थापन एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बासुदेव खनालले गर्ने छन्।

त्यसैगरी सोही अवसरमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल एम्बेसीले कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । सेक्टेम्बर २ देखि ५ तारिक सम्म ( Drury Inn and Suites 10393 Reed Street, Westminster Co. 80021) संचालन हुने कन्सुलर सेवा शिविरमा राहदानी नवीकरण , एनआरएन कार्ड बनाउने र नेपाल भ्रमणमा जान चाहनेलाई भिषा प्रदान गर्ने जस्ता बिभिन्न सुबिधा लिन सकिने नेपाल एम्बेसीले जनाएको छ । यस कार्यक्रमको नेनृत्व एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्त, बर्तमान अध्यक्ष प्रकास पौडेल र नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले गर्ने छन् । कार्यक्रम बिहान ९ बजेदेखि ५ बजेसम्म संचालन हुनेछ । त्यस्तै कार्यक्रममा सम्भव भएसम्म ब्लड डोनेसन क्याम्पलगायत अन्य बिभिन्न कार्यक्रमहरु संचालनको लागि पहल गर्ने काम भईरहेको मूलसमितीका सदस्य नविन दत्तले बताएका छन्।

मातृभूमि नेपाल र कर्मभूमि अमेरीकाबीच सम्बन्ध बिस्तार भएको ७५ औं बर्ष पुगेको खुसियालीमा सम्पन्न हुनलागेको यस महत्वपूर्ण कार्यक्रमलाई सभ्य र भब्यताका साथ सफल पार्न आ आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गरि दिनुहुन आयोजक समितिले सबैलाई अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुन सबैलाई पत्र पठाउन संभव नभएको हुनाले यसैलाई आधार मानी कोलोराडो वा कोलोराडो बाहिर रहनु भएका नेपाली भाषी तथा नेपाल र नेपालीप्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु समेत नविन दत्तले अनुरोध गरेका छन्।





Comments

comments

82598