हङकङको याउमा तेईस्थित हेन्री जि लिउङ कम्युनिटि हलमा शनिवार चौथो फियोना साँझ सम्पन्न भएको छ। नेपालबाट राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका कलाकारहरुले कार्यक्रममा गीत, संगीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
देशमा हत्या / हिंसा भैरहंदा महासंघका कलाकारहरुले सामाजिक र जातीय सद्भाव बाँड्ने प्रयाश गरेका थिए। महासंघका अध्यक्ष खगेन्द्र राईको नेतृत्वमा हङकङ आएका कलाकारहरुमा अशोक राई, भूमिका लिम्बू, सञ्जय लिम्बू, मनकुमार श्रेष्ठ, लोकमाया थापा, रुपक चौधरी र यम गुरुङ रहेका थिए। भिडियो / फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्