चितवनमा रिटर्नी सेन्टर नेपालको जिल्ला भेला सम्पन्न

रमेश खावाजु –

रिटर्नी सेन्टर नेपाल चितवन जिल्लाको प्रथम भेला निमकान्त पाण्डेको संयोजकत्वमा भरतपुरमा सम्पन्न भएको छ।

(

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको भेलामा उत्पादन तथा श्रमसित जोड्ने उदेश्यले भर्खर स्थापना भएको रिटर्नी सेन्टर नेपाललाई चुनौती र अवसर दुवै रहेको बताए। प्रमुख अतिथि भट्टराईले विदेशबाट फर्केका रिटर्नीहरुसित समन्वय गरि पार्टीको अभियानमा जोड्ने बताए। कार्यक्रममा बिशिष्ठ अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले युवाहरुमा जागिरे भन्दा उद्यमी मानसिकताको विकास गराउनु पर्ने बताए । रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केका रिटर्नीहरुको आर्थिक समृद्धिका लागि विभिन्न खालका उद्यमशीलता तालिमहरु सञ्चालन गर्ने बताए।

कार्यक्रममा बोल्दै कार्यक्रममा बिशिष्ठ अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज अस्मित सिंहले रिटर्नीहरुले विदेशबाट लिएर आएको ज्ञान, सिप, पुजीलाई स्वदेशमा सहि सदुपयॊग गराई उत्पादन तथा उद्यमशीलतामा जोड्न रिटर्नी सेन्टर नेपालले सहयोग गर्ने बताए। त्यस्तै रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनीले रिटर्नीहरुलाई उद्यमी बन्न प्रेरित गराउनुपर्ने बताए। सरकारले बेरोजगारी हटाई रोजगारीको सिर्जना गर्न समाजमा उद्यमशीलताको विकास गर्नुपर्ने बताए।

भेलाका संयोजक निमकान्त पाण्डेले चितवनमा तिब्ररुपमा रिटर्नी सेन्टर नेपाल तथा पार्टीको संगठन बिस्तार गर्ने बताए। करिब १०० जना उपस्थिति रहेको यस भेलाका सभापति ,आयोजक तथा रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य ,चितवन जिल्लाका इन्चार्ज कविराज कंडेलले व्यस्त समयका वाबजुदमा पनि भेलामा उपस्थित हुनु भएका सम्पूर्णमा धन्यबाद दिंदै रिटर्नी सेन्टर नेपालको उदेश्य अनुसार उत्पादनमा जोड दिंदै संगठन बिस्तार गर्ने अभियानमा लाग्ने बताए।

कार्यक्रममानेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहाल , निशा न्यौपाने ,जिल्ला संयोजक रामचन्द्र अधिकार, पार्टी सचिब द्रोणबाबु शिवाकोटी ,महानगर अध्यक्ष इश्वर सापकोटा ,बागमती प्रदेशका सचिवालय प्रेम भुजेल तथा अन्य अतिथिहरुले पनि मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रममा सर्वसहमतीमा निम्न ब्यक्तिहरु चुनिएका थिए।

भरतपुर महानगरपालिका – इन्द्रप्रसाद न्यौपाने,दिललाल काफ्ले, दिपक परियार ,फड़ी माया अधिकारी,शिवहरी रेग्मी ,दिलिप कुमार सार्की
खैरहनी नगरपालिका – अर्जुन पाण्डे
रत्ननगर नगरपालिका – सन्तोष घिमिरे,रमेश खनाल
माडी नगरपालिका – चित्र बहादुर बिक , भुमा देबी बिक
राप्ति नगरपालिका – कृष्ण प्रसाद न्यौपाने
कालिका नगरपालिका – देबी माया अमगाई ,केशर रेउलो

प्रदेश सदस्यहरु – दिपक गौतम ,सन्तोष घिमिरे,धर्म खनाल





Comments

comments

82855