अपडेटः हङकङमा समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 जारी, हङकङको जनजीवन अस्तव्यस्त…

न्युज डेस्क / एचकेनेपाल डट कम –

अपडेटः
हङकङ, १ सेप्टेम्बर। हङकङ अब्जर्भेटरीले शुक्रवार साँझ ८.१५ बजे समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 जारी गरेको छ। समुद्री आँधीका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ।

सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। आँधीबेहरीका कारण शैक्षिक ब्यूरोले दिनभर विद्यालयहरु स्थगित गरेको छ। सरकारले आपतकालीन हटलाइन (2572 8427) सक्रिय गरेको छ। त्यस्तै २९ वटा अस्थायी आश्रयस्थल (सेल्टर) सञ्चालन गरेको छ। साँझ ६ बजेसम्म ३३१ जना आश्रयस्थलमा पुगेका छन्। २९ वटा रुख ढलेका छन् भने ३ जना घाइते भएका छन्। मानिसहरु घरभित्र या सुरक्षित स्थानमा रहेकाले त्यति ठूला मानवीय क्षति भएको छैन।

समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 को समयमा ११८ किलोमिटर प्रति घण्टा वा सो भन्दा बढी औसत गतिमा हावाहूरी चल्ने अनुमान गरिएको छ। अब्जर्भेटरीले बाहिर नजान, आश्रयको लागि सुरक्षित स्थान रहन सर्वसाधारणलाई सुुझाब दिएको छ।

अपडेटः
हङकङ, १ सेप्टेम्बर। हङकङ अब्जर्भेटरीले शुक्रवार साँझ ६.२० बजे समुद्री आँधी सुपर टाईफून साओला नं. T9 जारी गरेको छ। समुद्री आँधी सुपर टाईफून साओलाका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ।

अब्जर्भेटरीले समुद्री आँधी सुपर टाईफून साओला नं. T9 राति १० बजेसम्म कायम रहन सक्ने जनाएको छ। त्यसैगरी, स्थानीय हावाको परिवर्तनको आधारमा हरिकेन सिग्नल नम्बर T10 जारी गर्न सकिने अब्जर्भेटरीले जनाएको छ। अब्जर्भेटरीले सर्वसाधारण जनतालाई सकेसम्म चाँडो सबै सावधानीहरू पूरा गर्न, तटीय रेखाबाट टाढा रहन र पानीका खेलहरूमा संलग्न नहुन सचेत गराएको छ।

BREAKING: हङकङमा समुद्री आँधी टाईफून साओला नं. T8 , T10 पनि आउन सक्ने, साओला हङकङका लागि गम्भीर खतरा, हल्का रूपमा नलिन आग्रह…

हङकङ, १ सेप्टेम्बर। हङकङ अब्जर्भेटरीले शुक्रवार विहान २.४० बजे समुद्री आँधी सुपर टाईफून साओला नं. T8 जारी गरेको छ।

सामुद्रिक आँधी टाईफून साओला नं. T8 को समयमा ६३ किलोमिटर प्रति घण्टा वा सो भन्दा बढी गतिको हावाहुरी चल्ने अपेक्षा गरिएको छ। अब्जर्भेटरीले सर्वसाधारण जनतालाई सकेसम्म चाँडो सबै सावधानीहरू पूरा गर्न, तटीय रेखाबाट टाढा रहन र पानीका खेलहरूमा संलग्न नहुन सचेत गराएको छ।

टाईफून साओला नं. T8 र T9 पछि T10 आउने सम्भावनासमेत रहेको भन्दै सरकारले टाईफून साओलासँग सामना गर्न अन्तरविभागीय बैठक बोलाएको छ। तर अन्तिम निर्णय परिस्थितिमा भर पर्ने जनाएको छ।

शिक्षा ब्यूरोले गर्मी विदापछि शुरु हुने पहिलो दिन शुक्रबार सबै विद्यालयका कक्षाहरू टाईफून साओलाका कारण स्थगित गर्ने घोषणा गरेको छ।

शहरका नेता जोन लीको अनुरोधमा विहीवार एक अन्तरविभागीय संचालन समितिको बैठकको अध्यक्षता गर्ने मुख्य सचिव चान क्वोक-कीले साओलासँग सामना गर्नका लागि सावधानी अपनाउन बासिन्दाहरूलाई आग्रह गरेका छन्। उनले साओला हङकङका लागि गम्भीर खतरा रहेको र नागरिकहरूले यसलाई हल्का रूपमा नलिन आग्रह गरेका छन्।

चानले रोजगारदाताहरूलाई आँधीको समयमा कर्मचारीहरूको सुरक्षामा मुख्य ध्यान दिन र उनीहरूको वास्तविक कठिनाइ र आवश्यकताहरूको बारेमा सहानुभूतिपूर्ण र लचिलो दृष्टिकोण अपनाउन सुझाव दिएका छन्। उनले पानी नजिक तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताएका छन्।

टाईफूनमा सार्वजनिक सोधपुछ गर्न गृह विभागको आपतकालीन हटलाइन (2572 8427) सक्रिय गरिएको छ। त्यस्तै २९ वटा अस्थायी आश्रयस्थल विहीवार राति ८ बजेदेखि खुला गरेको छ।

सामुद्रिक आँधीका कारण हङकङको जनजीवन प्रभावित हुने भएको छ। स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द हुने भएका छन्। आँधीबेहरीका कारण शैक्षिक ब्यूरोले दिनभर विद्यालयहरु स्थगित गरिएको घोषणा गरेको छ।

हङकङमा टाईफून नम्बर ३, भोलि नं T8 साओला आउन सक्ने सतर्क रहन आव्हान

हङकङ, ३१ अगष्ट। हङकङ अब्जर्भेटरीले अपरान्ह ३.४० बजे टाईफून नम्बर ३ जारी गरेको छ।

अहिलेको पूर्वानुमान ट्र्याक अनुसार, भोलि र पर्सी समुद्री आँधी सुपर टाईफुन साओला नं. T8 आउने अनुमान गरिएको छ।

अब्जर्भेटरीले समुद्री किनारबाट टाढा रहन र पानीका खेलहरुमा संलग्न नहुन सर्वसाधारणलाई सुझाब दिएकोछ।





Comments

comments

83567