नेपाल र अमेरीकाबीच दौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउने कार्यक्रमको कोलोराडोका गर्भनर र नेपाली राजदूतबाट उद्घाटन


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपाल र अमेरीकाबीच दौत्य सम्बन्ध सुरु भएको ७५ औं बर्ष पुगेको खुसियाली मनाउन आयोजित कार्यक्रम स्थानीय गर्भनर र नेपाली राजदूतबाट उद्घाटन गरी शुरू गरिएको छ।

कोलोराडोका गर्भनर जेडर पोलीस र अमेरीकाको लागि नेपालका राजदूत श्रीधर खत्रीले पानसमा बत्ती बालेर कार्यक्रमको शुरू गरिएको हो।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्व तथा कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदायबीच क्रियाशिल डेढ दर्जनभन्दा बढि संघ संस्थाहररू र नेपाली सोसाइटी टेक्सासको आयोजनामा शुरूभएको कार्यक्रममा बिभिन्न वक्ताहरूले नेपाल र अमेरीकाबीच दौत्य सम्बन्धबारे आ‒आफ्नो धारणा राखेका थिए। उनीहरूले नेपाल र अमेरीकाबीच गहिरो सांस्कृतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिकलगायतका बिभिन्न पारस्परिक सम्बन्ध रहेको भन्दै यो सम्बन्ध अगामी दिनमा अझ प्रगाढ हुदै जाने बिश्वास ब्यक्त्त गरेका थिए।

यसरी धारणा राख्नेहरूमा कोलोराडोका गभर्नर Jared Polis, अमेरीकाका लागि नेपालका राजदूत श्रीधर खत्री, बोल्डर काउन्टी कमिस्नर Ashley Stolzmann, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, बोल्डरका मेयर Aaron Brockett, लङमन्टका मेयर Joan Peck, ब्राइटनका मेयर Greg Mills, युलेस सिटी टेक्सासका काउन्सिल मेम्बर टिका पौडेल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र बाग्ले, नेपाल अमेरीका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष दिनेश शर्मालगायतका रहेका थिए।

लङमन्टस्थित बोल्डर काउन्टि फेयर ग्राउन्डमा दिउसो २ बजेदेखि सांझ ६ बजेसम्म संचालित कार्यक्रममा टेक्सास, क्यालिफोर्निया, फ्लोरीडा, वासिंङटन डिसीबाट नेपाली दाजुभाइ दिदीबिहनीहरू कायर्कममा सहभागी हुन आएका थिए। कार्यक्रम सुरू हुनुअघि धिमेबाजाको तालमा परेड प्रर्दशन गरिएको थियो। नेपाल र अमेरीकाको राष्टिय गानबाट अगाडि बढाइएको कार्यक्रमा स्वागत भाषण हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले गरेका थिए भने धन्यवाद ज्ञापन सुनन्दा डंगोलले गरेकी थिइन्। त्यसैगरी कार्यक्रमको संचालन ग्रिष्मा गौतम र शुभु सिहले गरेका थिए। कार्यक्रमको दौरानमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न बिभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रर्दशन गरिएको थियो । जसमा गणेश नाचलगायत अन्य बिभिन्न नेपाली संगीतमा नृत्य प्रस्तुत गरिएको थियो।

यसैगरी सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गर्न डिजे र राजु लामाको लायभ कन्सर्ट रहेको आयोजक समितिले जनाएको छ।
त्यसैगरी कार्यक्रमलाई प्रभाबकारी बनाउन २ तरिखका दिन बिभिन्न ४ फोरमहरु संचालन हुनेछन् । नेपाल र अमेरीकाको दौत्य सम्बन्ध, सन् १९४४ देखि १९५२ को अवधिमा नेपाल र अमेरीकाको सम्बन्ध, इमिग्रेशन सम्बन्धी फोरम, एनआरएनए नागरिकता तथा दोहोरो ट्याक्स सम्बन्धी फोरम संचालन गर्ने कार्यक्रम रहेका छ । त्यस्तै नेपाली राजदूतावासले सेक्टेम्बर २ देखी ५ तारिखसम्म कन्सुलर सेवा शिविर आयोजना गर्ने तयारी छ।





Comments

comments

83729