हङकङबासी गुरुङ र आफन्तबाट सहारा एकेडेमीलाई १ लाख रुपैया आर्थिक सहयोग…

पोखरा। सहारा हङकङका प्रमुख सल्लाहकार एवं पूर्व राष्ट्रिय खेलाडी तुल्सी गुरुङसहित उहाँको आफन्तबाट सहारा एकेडेमीको सहयोगार्थ १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ।

शनिबार पोखरा १७ दोभिल्लामा रहेको एकेडेमीमा आयोजित एक समारोहमा प्रमुख सल्लाहकार एवं पूर्व खेलाडी गुरुङसहित उहाँको आफन्तले उक्त रकम सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष नवराज अधिकारी लगायतलाई हस्तान्तरण गर्नु भएको हो।

(

प्रमुख सल्लाहकार एवं पूर्व खेलाडी गुरुङकी आमा काली गुरूङको स्मृतिमा तुल्सीसहित उहाँका आफन्तहरु जसमाया गुरुङ, ज्योती गुरुङ, वाईखासा गुरूङले उक्त रकम सहयोग गर्नु भएको हो। सहारा क्लवले निस्वार्थ र पारदर्शी ढंगले काम गरेको हुनाले आफूहरुले आफ्नी आमाको स्मृतिमा उक्त सहयोग गरेको प्रमुख सल्लाहकार गुरुङले बताउनु भयो। सहारा एकेडेमीमा रहेका वालकहरुलाई अनुशासनमा रहन आग्रह गर्दै उहाँले आफ्ना दिदीबहिनीको विशेष पहलमा सहयोग गर्न एकेडेमीसम्म आएको बताउनु भयो।

सोही अवसरमा खेलप्रेमी दीपेन्द्र गुरूङले एकेडेमीका बालकहरुको लागि नगद ११ हजार सहयोग गर्नु भएको थियो भने उक्त अवसरमा आजीवन सदस्य लिल गुरुङले फलफूलसमेत वितरण गर्नु भएको सचिव सुनिल राना मगरले बताउनु भयो। सहारा क्लव हङकङका अध्यक्ष दीपक गुरुङले तुल्सी गुरुङकै अभिभावकत्वमा आफूहरुले हङकङमा आफूहरु स्थापित भएको दाबी गर्नु भयो । क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु बिक्रम थकाली, विरभद्र आचार्य, केशवबहादुर थापा, एन्फा गण्डकीका उपाध्यक्ष मिलन गुरुङ, सल्लाहकार सुनिल गुरुङ, मानार्थ सदस्य लोकबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतको सहभागिता रहेको थियो।

क्लव स्थापनाको २५ बर्ष गाँठको अवसरमा क्लवले यस बर्ष रजत जयन्तीको अवसरमा शनिबार एक दीने पदयात्रा (हाईकिङ) तथा स्वास्थ्य परिक्षणसमेत गरेको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशवराज बरालले बताउनु भयो। सहारा एकेडेमीबाट पोखरा २१ को निर्मलपोखरीसम्म पदयात्रा तय गरिएको थियो । अल्ट्रा प्याथ ल्याबले प्रेसर, सुगर र यूरिक एसिडको निःशुल्क परिक्षण गरेको ल्याबकी सुस्मिता बरालले बताउनु भयो।





Comments

comments

83797