हङकङमा दक्षिण कोरियाली युवतीलाई दुर्व्यवहार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ सेप्टेम्बर। हङकङमा एमटीआर सेन्ट्रल स्टेसनमा दक्षिण कोरियाली महिला लाइभ स्ट्रिमरलाई यौन दुर्व्यवहार गरेको आरोपमा ४६ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन्।

हालैको एउटा घटनामा, एक दक्षिण कोरियाली लाइभ स्ट्रिमर जो एक्लै हङकङ भ्रमण गर्दै थिइन् राति अबेर एमटीआर सेन्ट्रल स्टेशनभित्र हिंड्दा यौन दुर्व्यवहारको सामना गर्नुपरेको थियो।

स्ट्रिमरलाई दक्षिण एसियाली मूलका एक व्यक्तिले जानाजानी एमटीआर सेन्ट्रल स्टेसनभित्र प्रवेश गरिसकेपछि उनलाई पछ्याउंदै उनको पाखुरा समातेर भित्ताको कुनासम्म पुर्याएका थिए। उनले अनुचित ढंगले उनको छाती छोएको र सहमतिबिना गालामा चुम्बन गरेको आशंका गरिएको छ।

घटनाको अनलाइनमा व्यापक आलोचना भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान पछि, कानून प्रवर्तन अधिकारीहरूले एक ४६ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरिएको जनाएको छ। उनीमाथि “अभद्र आक्रमण” र “सार्वजनिक अपमान” को आरोप लगाइएको छ र मुद्दाको बारेमा थप सोधपुछ गरिने जनाएको छ।





Comments

comments

84373