बेलायतका नेपाली साहित्यकारहरुबाट नेपालका विरामीलाई आर्थिक सहयोग

कोमल श्रेष्ठ मल्ल –

लन्डन। नेपाली साहित्य विकास परिषद् युकेले लमजुङकी साहित्यकार तथा सामजसेवी महिलाको छोराको ल्युकोमिया रोगको उपचारका लागि सात सय पाउण्ड (नेपाली रूपियाँ १ लाख १४ हजार १ सय) प्रदान गरेको छ।

फाइल फोटो

परिषदले विरामी युवाको शीघ्र स्वास्थ्य लाभको कामनासहित गर्दै आर्थिक सहयोग प्रदान गरेको हो।

काठमाडौँमा उपचार गराइरहेका १२ कक्षामा अध्ययनरत विरामी युवाको उपचार सयोगका लागि परिषदमा नेपालबाट याचिका निवेदन प्राप्त भएपछि परिषद्का पदाधिकारीहरू आफैले सकेको सहयोग रकम दिएर उपचार सहयोग नेपाल पठाएका हुन्।

यसरी सहयोग गर्ने पदाधिकारीहरूमा कोमल मल्ल, सुरेशजङ्ग शाह, मनोज अन्जान, खगेन्द्र नेपाली, पिपला पाण्डे देवान, मदन थापा, हरिसिंह थापा, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी, कमल भण्डारी ,ध्रुव केसी र हिन्दमैया बैद्य रहेका छन्।

ल्युकिमिया जस्तो सारै महङ्गो उपचारका लागि समाजका अन्य संघसंस्था र समाजसेवीहरूबाट सहयोग गरिदिनु हुन नेपाली साहित्य विकास परिषद् युकेले हार्दिक अपिल पनि गरेको छ।





Comments

comments

84891