प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार चीनको हाङचउ पुगेका छन्। न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गर्ने कार्यमक्रम सकिएपछि प्रधानमन्त्री दाहाल हाङचउ पुगेका हुन्।
अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका
सेप्टेम्बर २३ : एसियन गेम्सको उद्घाटनमा सहभागी हुने र हाङचउमै राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने
सेप्टेम्बर २४ :हाङचउबाट बेइजिङ जाने
सेप्टेम्बर २५ :चिनियाा प्रधानमन्त्री ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने
सेप्टेम्बर २६ :छोङछिङ महानगरमा कृषि र उद्योग अवलोकन गर्न जाने
सेप्टेम्बर २७ र २८ :तिब्बतको ल्हासा र वरिपरिको क्षेत्र
सेप्टेम्बर २९ :मानसरोवर जाने (मौसमअनुकूल भएमा मात्र)
सेप्टेम्बर ३० :नेपाल फर्कने