Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सानो शहर हङकङ, जहाँ विश्वकै ७५ जना अर्बपति बस्छन्

दुई हजारभन्दा बढी अर्बपति छन्, विश्वमा । फोब्र्स अखबारले निकालेको सूचीमै पनि १ हजार ४ सय २६ अर्बपति परेका छन्। यो सूचीमा अझै पनि धेरै जना परेका छैनन्। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विश्वका अर्बपति जति सबैको सम्पत्तिलाई रकममा व्यक्त गर्दा ३३ ट्रिलियन (खर्ब) अमेरिकी डलर रहेको छ।

अमेरिकामा मात्रै ४ सय ४२, एसियामा ३ सय ४६, युरोपमा ३ सय ६६, मध्यपूर्व र अफ्रिकामा १ सय ३ अर्बपति छन्। एसियाको एउटा सानो शहर हो हङकङ, जहाँ विश्वकै ७५ जना अर्बपति बसोबास गर्छन्।

त्यसपछि न्युयोर्कको स्थान छ। अर्बपति बनेकाहरुमा धेरैजसोको आफ्नै पेसा, व्यवसाय, कारोबार र उद्योग छ। केही भने आफ्ना पुर्खाको सम्पत्तिबाट त्यो सूचीमा परेका छन्। यीबाहेकका पनि अर्बपति सूचीमा छन्। तीमध्येकी एक हुन्, जो अन्ने क्इाथलिन रोलिङ (जेके रोवङि) ह्यारी पोर्टर शृंखलाकी लेखक उनी पुस्तक लेखेरै अर्बपतिको सूचीमा परेकी पहिलो हुन्। एक महिला, जसले असाधारण उपलब्धि हासिन गर्न सफल भएको समाचार कान्तिपुर दैनिकमा छ।

बेलायती नागरिक रोलिङ सय जना सेलिब्रेटीको सूचीमा पनि पर्छिन्। स्कटल्यान्डको इडिनबर्गकी बासिन्दा रोलिङको सम्पत्तिको स्रोत भनेकै पुस्तक बिक्री हो। कला/विज्ञानमा स्नातक उनी अघिल्लो वर्ष सय जनाको सूचीमा ८४ औं, त्यही वर्ष विश्वका शक्तिशाली महिलाको सूचीमा ९३ औं स्थानमा थिइन्।





Comments

comments

Leave a Reply

8603