Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाली भाषा पाठशाला कोलोराडोको आय-व्यय सार्वजनिक – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

नेपाली भाषा पाठशाला कोलोराडोको आय-व्यय सार्वजनिक


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका। नेपाली भाषा पाठशाला कोलोराडोले आफ्नो आय-व्यय विवरण सार्वजनिक गरिएको छ।

कोलोराडो राज्यका दुई सहरहरू नर्थग्लेन र अरोरामा सञ्चालन गरिएका ग्रीष्मकालीन नेपाली भाषा कक्षाहरूका लागि कुल ६ हजार ९ सय ४१ डलर खर्च भएको जनाकारी गराइएको हो।

पाठशालाले विद्यार्थी भर्ना शुल्क, शुभचिन्तकहरूबाट प्राप्त सहयोग रकम र कोलोराडोका नेपाली संस्थाहरू नेपाली घर, दिदीबहिनी समूह कोलोराडो तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालबाट क्रमश पाँच पाँच सय गरी कुल अमेरिकी डलर ४ हजार ७ सय ९८ सङ्कलन गरेको थियो।

त्यसैगरी पाठशालाको सहयोगार्थ नेपाली घरको सहयोगमा खोलिएको गो फन्ड मीमा हालसम्म ३ हजार१ सय ४६ डलर जम्मा भएको छ । जुन रकम करकट्टी गरेर अनेसास कोलोराडो खातामा जम्मा गरिने अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले बताएका छन्।

यसैगरी अगामी वर्ष अहिले चालू भइरहेको बाहेक अन्य एक स्थानमा कक्षा थप गरी तीन स्थानमा पाठशाला सञ्चालन गर्ने योजना रहेको उनले खुलाएका छन्। यसका लागि नेपालबाटै पाठ्यसामाग्री तयार गरेर ल्याउन पहल भइरहेको अध्यक्ष सिटौलाले बताएका छन्। अगामी वर्ष पाठशाला सञ्चालनलाई अनुमानित १० हजार डलर लाग्न सक्ने त्यसको लागि सहयोग रकम सङ्कलन गर्न यही नोभेम्बर ११ तारिखमा नेपालका चर्चित सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीको संयूक्त प्रस्तुति रहने गरी एक साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको जानाकारी दिएका छन्।





Comments

comments

86209