दुबईमा ज्योति मगर र शिव परियार आउने


अनिता न्यौपाने / एकेनेपाल डट कम–
दुबई, आगामी अक्टुबर २ मा आयोजना हुन लागेको फिस्टेल कन्सर्ट–२ मा प्रवासी नेपाली संघ, अलकुज क्षेत्रीय समिति र क्रियटिभ ग्रुपले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। पहिलो फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले सामाजिक संस्थाहरुसँग सहकार्य गर्दा कार्यक्रम अझ प्रभावकारी हुने बताएका छन्।

पछिल्लो समय ढाडे बिरालो…बोलको गीतमा मोडलिङ गरी विवादमा तानिएकी ग्ल्यामरस लोक गायिका ज्योति मगरका साथमा गायक शिव परियार उक्त कन्सर्टमा मुख्य आकर्षक रहने छन्।

ज्योति मगर आउने हल्लाले दुबईका नेपाली युवाहरुहरु उत्साहित भएका छन्। ज्योति मगर र शिव परियारलाई पहिलोपटक दुबईको मञ्चमा उतार्न लागेका कारण यसपालिको कन्सर्ट ऐतिहासिक रुपमा सञ्चालन हुने आयोजकहरुले बताएका छन्। यसअघि ज्योति यूएईका एलऐन सहरमा आएर बबाल प्रस्तुति दिइसके पनि दुबईका नेपाली दर्शकहरुका लागि ज्योति र शिव पहिलोपटक दुबई आउने भएका हुन्।

आफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा उत्तेजक पहिरनका साथ गीत गाउने र बबाल धमाका मच्चाउने अर्का आयोजक प्रवासी नेपाली संघका समिम खानले दाबी गरेका छन्।

ज्योति मगरको साथमा नेपाली सुगम संगीतमा चर्चित गायक शिव परियारले यूएईबासी नेपालीहरुलाई मनोरन्जन दिनेछन्। त्यसरी नै अस्टेलियाबाट पपगायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कनेछिन्। नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई र रमेश क्षितिज पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन्। उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने छन्।

ज्योति मगरले यसरी हङकङ तताईन् हेर्नुहोस् भिडियो…

देराको पाँच तारे एसियाना होटलमा अक्टुबर २ को साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारले यूएईबासी नेपालीहरुलाई तताउने भएका छन्। पहिलेका कमजोरीहरुलाई सुधार गरी दोस्रो शृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने आयोजकले दाबी गरेका छन्। यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ।

पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन्। यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ।





Comments

comments

Leave a Reply

8638