माओवादी नेता गुरुङलाई बेलायतमा स्वागत तथा सम्मान

होम किरात सुनुवार –

रेडिङ। बिशेष कार्यक्रमको लागि अहिले बेलायतमा आइपुग्नु भएका पूर्व क़ानूनमन्त्री तथा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ दम्पतिलाई स्वागत तथा सम्मान गरिएको छ।

गत शुक्रबारका दिन रेडिङस्थित The forgotten Gurkhas Club मा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोरखा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समितिद्वारा एक बिशेष कार्यक्रम तय गरिएको थियो।

गुरुङको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम ब्रिटिश गोरखा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC UK) का उप-संयोजक तथा कार्यवाहक संयोजक साथै गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति केन्द्रीय समिति सदस्य लेफ्टेनेन्ट रिटायर्ड हरिबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो।

क्याम्पेन डाइरेक्टर तथा आमरण अनसनकारी ज्ञानराज राईदूारा अभियानकोबारे केही शव्द राख्दै स्वागत मन्तब्य राखेका थिए।

मन्तब्यको क्रममा नेकपा माओवादी केन्द्रका युके इन्चार्ज मानबहादुर गुरुङ, गेसो अध्यक्ष तथा माओवादी केन्द्रीय सदस्य कृष्णकुमार राई र गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईबाट आऊदो G2G वार्ता सफल बनाउंन सबैको दायित्व रहने बताएका थिए। बिशेष अतिथिको रुपमा यशोदा सुबेदी पूर्व संबिधानसभा सदस्य तथा माओवादी केन्द्र स्थायी समिति सदस्य र प्रदेश नम्बर १ का नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य युवा नेता अशोक राई कार्यक्रममा उपस्थिस्त हुनुभएको थियो। बक्तब्य राख्ने क्रममा बैरिस्टर देवेन्द्र श्रेष्ठबाट कानूनी सल्लाहा सुझाव र जानकारी राखिएको थियो।

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल (BGNCCC-UK/Nepal) संस्थाको परिचय र अभियानको गतिबिधिबारे जानकारी गराउंदै प्रमुख अतिथिसमक्ष अवधारणा पत्र र ज्ञापनपत्र सचिव होम किरात सुनुवारबाट सभाको अध्यक्ष तथा BGNCCC UK कार्यवाहक अध्यक्ष ले. रिटायर्ड हरिबहादुर गुरुङमार्फत आधिकारिकरुपमा हस्तान्तरित गरिएको थियो।

ब्रिटिश गोरखा र तिनका सन्ततिहरूका नेपाली नागरिकता निरन्तरताको सवालमा नेता गुरुङले यथासिघ्र समाधानको लागि सरकारले सकरात्मक पहलकदमी बढाउंनको साथै मुद्दा अन्त्य गर्नको लागि गृहकार्य गर्ने प्रतिबद्धता जनाउंनु भयो।

BGNCCC-UK/Nepal द्वारा संघर्षरत अभियान ब्रिटिश गोरखा तथा तिनका सन्ततिहरूको बंशजको नेपाली नागरिकताले निरन्तरता पाउनु पर्नेबारे प्रस्तुतिमा ठूलो संख्यामा उपस्थिति रहेका रेडिङबासी महानुभावहरुले जोडदार ताली र आवाजले समर्थन जनाएका थिए।

अन्तमा सभाको सभाध्यक्ष तथा BGNCCC -UK उप संयोजक तथा कार्यवाहक संयोजक साथै गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति केन्द्रीय सदस्य लेफ्टेनेन्ट रिटायर्ड हरि बहादुर गुरुङद्वारा कार्यक्रम समापन गरिएको थियो।

जय गोरखा !

सचिव:होम किरात सुनुवार
BGNCCC UK/Nepal





Comments

comments

86911