स्मृतिसभासँगै ‘किसन राई स्मृतिग्रन्थ’ सार्वजनिक

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ अक्टोबर। हङकङका पत्रकार तथा सामाजिक व्यक्तित्व किसन राईसँगका स्मृतिहरु समेटिएको ‘किसन राई स्मृति ग्रन्थ’ आईतबार सार्वजनिक गरिएको छ।

दुई वर्षअघि नेपाल भ्रमणका क्रममा खोटाङमा निधन भएका राईको दोस्रो वार्षिक पुन्य तिथिको अवसरमा किसन राई स्मृति ग्रन्थ प्रकाशन समितिले हङकङको नेपाली समुदायका प्रवुद्ध व्यक्तिहरुको उपस्थितिमा स्मृति ग्रन्थ सार्वजनिक गरेको हो।

प्रकाशन समिति संयोजक माया थुलुङ राईको सभाध्यक्षतामा हङकङको याउमा तेई, जोर्डन स्थित किरात याक्थुङ चुम्लुङ हलमा आयोजीत किसन राई स्मृति सभा तथा स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा राईकी श्रीमति शोभा मगर, छोरा अरिम राई, हङकङ स्थित नेपाली महावाणिज्यदुत सतिस गुरुङ, एनआरएनए आईसिसी महिला सचिव टिका गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, चेम्बर अफ कमर्शका उपाध्यक्ष शशी मदन राई, जनजाती महासंघका महासचिव टोपराज तामाङ, एनआरएनएका अध्यक्ष गोकर्ण ढकाल, स्मृति ग्रन्थ प्रकासन समितिका संयोजक इन्द्र वनेम र माया थुलुङ, सञ्चारकर्मी डा.चुरा थापा र लेखक कमल पौडेलले सामुहिक रुपमा सार्वजनिक गरेका थिए।

कार्यक्रममा एनआरएनएका अध्यक्ष गोकर्ण ढकाल, हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङ, सञ्चारकर्मी डा.चुरा थापा र किसन राईका निकट मित्र हेजेन राईले किसन राईको व्यक्तित्व बारे चर्चा गरेका थिए । लेखक कमल पौडेलले स्मृति ग्रन्थको समिक्षा गरेका थिए । कार्यक्रममा महावाणिज्यदुत सतिश गुरुङले हङकङवासी नेपाली समुदायका लागि किसन राईले उल्लेखनीय काम गरेको बताए । स्मृतिग्रन्थ प्रकाशन समिति संयोजक इन्द्र वनेमले ग्रन्थ प्रकाशनको औचित्य प्रकाश पार्दै यो पुस्तकले किसन राईसँगका स्मृतिहरु सँधैका लागि सुरक्षित गर्ने काम भएको बताए।

स्मृतिग्रन्थको सम्पादकहरु राजकुमार दिक्पाल, डम्बरकृष्ण श्रेष्ठ र सम्पादन सहयोगी गोपाल दाहाल हुन् । हङकङको जोर्डन लगायतका पुस्तक पसलहरुमा उपलब्ध रहेको स्मृति ग्रन्थ बिक्रीबाट जम्मा भएको रकम किसन राई स्मृति कोष सञ्चालन गरिने आयोजकले जनाएको छ।





Comments

comments

88392