Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय हस्तक्षेपविरुद्ध पोखरामा मोदीको पुत्ला दहन

सुबास मल्ल / एचकेनेपाल डट कम –
पोखरा। नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध अनेरास्ववियु पोखरा विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ। सोमबार बिहान कलेज शुरु हुने बित्तिकै अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नाराबाजी गर्दै पुत्ला जलाएका हुन्।

हातहातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद’, ‘नेपाली संविधान जिन्दावाद’, ‘विस्तारवादी नीति बन्द गर’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण नेपाली एक हौं’ लगायतका नाराहरु लगाएका थिए।

पुत्ला दहनसँगै भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी राष्ट्रिय परिषद सदस्य सृष्टि रेग्मीले नेपाललाई सिक्किम बनाउने सपना नदेख्न भारतलाई चेतावनी दिइन्। रेग्मीले अगाडि थपिन्,“नेपाल हिजो पनि स्वाधिन थियो र भविष्यमा पनि स्वाधिन नै रहनेछ।”

उता विद्यार्थी नेता सुवास मल्लले नेपाललाई उपदेश दिँदै हिड्नु भन्दा पनि आफ्नो देशको समस्यालाई समाधान गर्नका लागि भारतीय नेतृत्वलाई सुझाव दिए। श्रीलंकाको आन्तरिक मामलामा धेरै चासो दिँदा तत्कालीन प्रधानमन्त्री राहुल गान्धीको ज्यानै गएको स्मरण गराउँदै मल्लले यस्तै इतिहास नदोहोरिएला भन्न नसकिने चेतावनी दिए।

कार्यक्रममा बोल्दै अनेरास्ववियु, कास्कीका सदस्य सन्देश दुवाडीले भूपरिबेष्ठित देशलाई नाकाबन्दी लगाएर भारतले अन्तर्राष्ट्रिय कानुन र मानवीय भावनाको धज्जी उडाएको आरोप पनि लगाए।





Comments

comments

Leave a Reply

8862