कोलोराडोमा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न भएको हो।

रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी नवीन दत्तको प्रमुख आतिथ्यता, समाजसेवी तथा रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल ओम बड्स कमिटीका संयोजक रोहीणी शर्माको बिशेष आतित्थ्यता तथा बरिष्ठ गायक राजेशपायल राईलगायत स्थानीय कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन्।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथिबाट संयुक्तरुपमा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, तथा नेपाली तथा नेपाली भाषी बाआमा,दाजुभाइ, दिदीबहिनीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

आयोजक संस्थाका अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापना कालदेखि हालसम्म नेपाली भाषा, संस्कृति संरक्षण र पहिचाहनमा निरन्तरता दिईदै आईरहेको भन्दै यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए । सोही मञ्चमा आयोजक संस्थाका पदाधिकारीहरुले देउसी भैलो खेली नेपाली संस्कृतिको पहिचाहन गराएका थिए।

कार्यक्रमको दोश्रो चरणमा सांगीतीक कार्यक्रम संचालन भएको थियो । जसमा बरिष्ठ गायक राजेशपायल राईले एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु गएर दर्शकलाई नचाएका थिए । स्थानीय बाल कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी स्थानीय कलाकारहरु मनोज तुलाधर, उज्ज्वल सुनुवार, रोशन दाहाल, फिरोज तिमल्सीना, लगायतका कलाकारहरुले बिभिन्न लोक, आधुनिक तथा राष्ट्रिय गीतहरु गाएर सहभागीहरुको मन जितेका थिए।

कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गर्नुहुने दाता, कार्यक्रममा उपस्थित भई आपनो कला प्रस्तुत गर्नुहुने गायक राजेशपायल राईलाई आयोजक कमिटीका पदाधिकारी तथा गन्यमान्यहरुबाट खादा लगाईदिई मयाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

संस्थाका महासचिव आकृती राई अधिकारी र कल्चर सेक्रेटरी निशापाठकद्धारा कार्यक्रम संयुक्त रुपमा संचालन गरिएको थियो। कार्यक्रमको अन्तमा संस्थाका निर्वतमान अध्यक्ष टिका पौडेलले उपस्थित सबैलाई दशै, तिहार, छटलगायत सम्पूर्ण चाड पर्वको शुभकामना दिदै कार्यक्रम सफल पार्न बिभिन्न माध्यमबाट सहयोग गनुहुने सबैलाई धन्यवाद दिएका थिए।





Comments

comments

89191