सहारा युकेद्वारा भूकम्पपीडितलाई १ लाख

पोखरा। सहारा युकेले भूकम्पपीडितलाई १ लाख सहयोग गर्ने भएको छ। अध्यक्ष रि.ले. कुसाङ गुरुङको अध्यक्षतामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित १ लाख सहयोग गर्ने निर्णय गरेको हो।

यस्तै, संस्थाले यही १८ नोभेम्बरमा लन्डनको एम्पाएर हल अल्डरसटमा च्यारिटी डिनर नाइट गर्ने निर्णय गरेको छ।

सहारा युकेले खेलकुद, शिक्षा, स्वास्थ्य र च्यारिटी सहयोगलगायत कार्यक्रममा आर्थिक मजबुत हुनुपर्ने जनाउँदै च्यारिटी डिनर नाइटलाई निरन्तरता दिएको अध्यक्ष गुरुङले बताए।

यस्तै, सहारा क्लब पोखराको रजत महोत्सव अवसरमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहकार हितकाजी गुरुङलाई संस्थाले सम्मान गरेको छ।

च्यारिटी नाइटमा सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जनालाई सहारा अवार्ड प्रदान गरिने छ । सहारा युकेको सातांै कार्यसमितिको २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा अध्यक्ष रि.ले गुरुङले सबैलाई धन्यवाद दिए।

उनका अनुसार आगामी १६ डिसेम्बरमा महाधिवेशन हुनेछ। आठांै कार्यसमिति चयनका लागि सल्लाहकार एवं संस्थापक एफसी चेयरमेन हरिकुमार श्रेष्ठ संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ।

सदस्यमा सल्लाहकार कमल गुरुङ र सल्लाहकार ज्ञाम गुरुङ छन्। पर्यवेक्षकमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष दिलीप गुरुङ एमबिई, पूर्व अध्यक्ष मीन गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुङ छन् । बैठकमा स्वागत उपाध्यक्ष कृष्ण गुरुङ र सञ्चालन महासचिव मनोज गुरुङले गरेका थिए।





Comments

comments

89366