कोलोराडोमा देउसी भैलोबाट झण्डै २५ हजार संकलन…

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार साँझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै २५ हजार संकलन भएको छ।

नेपाली सांस्कृतिक केन्द भवनमा खेलीएको देउसी भैलोबाट १५ हजार ४ सय ५३ र अरोरामा संम्पन्न देउसी भैलो र्कायक्रमबाट ९ हजार ५ सय गरी जम्मा २४ हजार ९ सय ५३ संकलन गरिएको हो।

कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो । कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बांकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन्।

नेपाली सास्कृतीक केन्द्र भवनमा सम्पन्न देउसी भैलोलाई भब्यताका साथ सम्पन्न बनाउन समाजसेवी बाशु खनालको संयोजनमा समिती गठन गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेशका यूवानेता प्रचण्ड न्यौपाने, अनेरा स्ववियुका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरलगायत ३ सय भन्दा बढि नेपाली बाआमा दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । नेपाली घरका उपाध्यक्ष बसन्त लम्सालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने संयोजक बासुखनालले कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकाश पारेका थिए ।

त्यस्तै अरोराको देउसी भैलोलाई भब्यताका साथ सम्पन्न बनाउन समाजसेवी नवराज न्यौपानेको संयोजनमा मुल समिति गठन गरिएको थियो । समाजसेवी तथा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठले पानसमा बत्तीबालेर कार्यक्रम उद्धघाटन गरेका थिए । कार्यक्रमका संयोजक नवराज न्यौपानेले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले उद्धेश्य र महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा ४ सय भन्दा बढि नेपाली बाआमा दाजुभाइ दिदी बहिनीहरुको उपस्थिति रहेको थियो।

नेपाली घरले स्थापना कालदेखि निरन्तर रुपमा नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, संस्कृति तथा भेष भूषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन देउसी भैलौ कार्यक्रम आयोजना गदै आएको छ। यस्ता कार्यक्रमले मातृभूमि प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृति पहिचाहन गराउने नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले बताएका छन् । उनले नेपाली समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि भवन खरिदगरि सकिएको र सो भवनको मर्मत संभार तथा मर्गेज तिर्न संकलित रकम प्रयोग गरिने बताए।

दुवै देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आ‒आफ्नो कला प्रस्तुत गरेका थिए । कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, समाजसेवी, कलाकार, पत्रकार, बुद्धिजीवी, ब्यापारी, संघ संस्थाका पदाधिकारी तथा सर्बसाधारण सबैलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरहन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने वाताबरण बनाई दिनु हुन आग्रह गरेका थिए । छुट्टै जातीय पहिरहन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको थियो।





Comments

comments

89928