Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज घटस्थापना, बडादशैं शुरू भयो

एचकेनेपाल डट कम संवाददाता-
१५ असोज। हिन्दूहरुको महान् चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्पराअनुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइंदै छ।

बडादशैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टांसी जौ र मकै रोपेर घटस्थापना गरिंदै छ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एक/एक तीर्थमा स्नानका साथै एक/एक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ। विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन्। नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भनेको बताइन्छ।





Comments

comments

Leave a Reply

9062