नेपाल सम्वत ११४४ को अवसरमा कोलोराडोमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। नेपाल संम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनिबार एक कार्यक्रम आयोजनागरी एक आपसमा भिंन्तुना आदानप्रदान गरेका छन्।

कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन्।

पूर्व मन्त्री एबं प्रतिनिधि सभा सदस्य धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धिजीवी, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा बा आमा दाजुभाइ दिदीबहिनीको बाक्लो उपस्थिति रहेको थियो।

प्रमुख अतिथि धुर्वबहादुर प्रधानबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रस्तुत गर्दै केही समय अगाडि नेपाली सांस्कृतीक केन्द भवनको प्रांगणमा सम्पन्न ईन्दजात्रा एक उदारहण भएको बताए।

राष्ट्रिय विभूति तथा नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको फोटोमा माल्यार्पण गरी उनको परिचय सम्बधी छोटो भिडियो प्रर्दशन गरी कार्यक्रमलाई अगाडि बढाईएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुले नेपाल संम्बतको ११४४ को उपलक्ष्यमा सबैलाई शुभकामना दिदै राष्ट्रिय विभूति शाख्वाको देनबारे प्रकाश पारेका थिए । यसरी मन्तब्य राख्नेहरुमा प्रमुख अतिथि प्रधान, हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय उपाध्यक्ष टिका पौडेल, नेपाली घरका महासचिव भोला कटुवाल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका उपाध्यक्ष बिकास त्रिपाठी, समाजसेवी नवीन दत्त, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला, तमुप्हेलुका अध्यक्ष चक्र गुरुङ लगायतका अतिथिहरु रहेका थिए। उनीहरुले नेवाः संस्कृति र परम्परा बिशाल रहेको जसले नेपाललाई विश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षणको लागि सबैको उत्तिकै जिम्मेवारी रहेको बताएका थिए।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाण पत्र प्रदान गरि सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा उपस्थित मिसेज एएनए २०२३ की दिक्षा श्रेष्ठ प्रधानलाई पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा धिमे डान्स ग्रुपले बिभिन्न स्थानमा कुशल नृत्य प्रस्तुत गरेको भन्दै यसका सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सोही समारोहमा मीसा पुचा कमिटीका सदस्यहरुको परिचय गराईएको थियो।

भक्तपुरका राजा राघब देवलाई उनका ज्योतिषले साईत जुराई काठमाडौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए। सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाडौं ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानिसले काठमाडौदेखि बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो। त्यही सुनबाट शंखधरले सबै नेपालीको श्रृण तिरी दिई नेपाल संम्बत चलाका थिए भनिन्छ।

नेवाः खलः अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सबिता श्रेष्ठले संचालन गरेकी थिईन । कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष मनोजकाजी तुलाधरले उपस्थित सबैलाई धन्यबाद दिदै नेवारी संस्कृति जोगाई राख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी संस्कृति पहिचाहन गराउन हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गरीदै आएकाको बताएका थिए।





Comments

comments

91113