Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालको जहाज हङकङमा दुर्घटनाबाट यसरी बच्यो…

नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ।

नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ ७:५ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो । तर, उड्ने बेलामा जहाजमा प्वाल परेको थाहा भएको थियो।

एयरलाइन्स स्रोतका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो। तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो।

कान्तिपुरमा निर्मल श्रेष्ठ लेख्छन् उड्ने तयारी गर्दा हवाई इन्जिनियरले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए। ‘यदि जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने थियो,’ सम्भावित दुर्घटनाबारे चालक दलका एक सदस्यले भने, ‘जहाजमा हावा पस्नु ठूलो जोखिम हो, त्यस्तो अवस्थामा आकाशमै जहाज पड्कन्छ।’ निगमका अनुसार सामान्य क्षति पुगेको एयरबस मर्मतका लागि एक साता लाग्नेछ।





Comments

comments

Leave a Reply

9130