एचकेनेपाल डट कम संवादादाता –
काठमाडौं, नेकपा एमालेले समानुपातिकबाट सांसद बनाएकी राज्यलक्ष्मी गोल्छालाई सांसदबाट हटाइने भएको छ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले गोल्छालाई सांसद पदबाट राजीनामा दिन निर्देशन दिएको छ। पार्टीको नियम उल्लंघन गरेको भन्दै उनलाई हटाउने निर्णय गरिएको हो।
मधेसी कोटाबाट एमालेको समानुपातिक सांसद बनाइएकी गोल्छा संविधान जारी हुँदा संविधानसभामा र प्रधानमन्त्रीको निर्वाचनमा समेत मत दिन उपस्थित नभएको जनाइको छ।