ओशन पार्क नजिकै पुरुषको शव फेला

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० नोभेम्बर। बिहीबार दिउँसो ओशन पार्क नजिकैको पानीमा तैरिएको अवस्थामा फेला परेको मृत व्यक्तिको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

आज दिउँसो करिब १.२५ बजे ओशन पार्क नजिकै ओशन ड्राइभमा हिड्दै गरेको एक यात्रुले दुई मिटर टाढा पानीमा तैरिरहेको देखेपछि सहयोगका लागि प्रहरीलाई सम्पर्क गरेका थिए।

अग्नी नियन्त्रकहरू घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई उद्धार गरी किनारमा ल्याए। जहाँ उनलाई मृत घोषित गरियो।

डुबेका व्यक्तिको पहिचान र समुन्द्रमा खसेको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





Comments

comments

92215