हङकङमा दुई पाकिस्तानीमाथि आक्रमण गरी लुटपाट, 28 मिलियन डलर बराबरको आइफोनहरु लुटेर भ्यान जलाइयो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ डिसेम्बर। दक्षिण एसियाली गिरोहले क्वाई चुङमा दुई पाकिस्तानी पुरुषमाथि आक्रमण गरी लुटपाट गरेको छ। उनीहरुले 28 मिलियन हङकङ डलर बराबरको आइफोनहरु लुटेको स्थानीय मिडियाले समाचारमा जनाएका छन्।

प्रहरीले क्वाई चुङमा शुक्रबार राति एउटा भ्यानबाट 28 मिलियन हङकङ डलर बराबरको आइफोनहरु लुट्ने र काम टिनमा भ्यानमा आगजनी गर्ने चारजनाको खोजी गरिरहेको छ।

गत राति करिब ११ बजे क्वाई चुङको ता चुन पिङ सडकमा ३० र २२ वर्षका दुई पाकिस्तानी पुरुषले चलाएको भ्यानमा छुरी लिएर दुई लुटेरा प्रवेश गरेपछि लुटपाट भएको हो।

लुटेराहरूले दुई पाकिस्तानीलाई आक्रमण गरेर गाडी चलाउन आदेश दिएका थिए। पछि थप दुई लुटेराहरू भ्यानमा चढे र 28 मिलियन हङकङ डलर बराबर मूल्यका ४३ बक्स आईफोन लुटेर फरार भएका थिए।

सवार रहेका लुटेराहरूले भ्यानलाई हङ शुई किउको तान क्वाई सुएनको सडकमा पुर्‍याए, पाकिस्तानीहरूलाई भ्यानबाट बाहिर निकाले र घटनास्थलबाट भागे।

त्यसपछि दुई पाकिस्तानी टोङ यान सान सुन रोड गए र सुरक्षा गार्डको मद्दत मागे। उनीहरुको पेट र कम्मरमा चोट लागेको र उनीहरुलाई अस्पताल लगिएको छ।

पछि प्रहरीले पाट ह्युङको मेइ फङ रोड नजिकैको शुई मेई रोडमा गाडीमा आगजनी गरेको खबर प्राप्त भयो। दमकलले तुरुन्तै आगो निभाए पनि प्रारम्भिक अनुसन्धानपछि कारण शंकास्पद भएको पत्ता लागेको थियो।

अनुसन्धानपछि प्रहरीले जलाएको गाडी लुटपाटमा संलग्न भ्यान भएको अनुमान गरेको छ। प्रहरीले घटनालाई गैरकानूनी हिरासत, डकैती र आगजनीको रूपमा सूचीबद्ध गरेको छ। अहिले घटनालाई युन लङ जिल्ला अपराध अनुसन्धान टोलीले ह्यान्डल गरिरहेको छ। अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।





Comments

comments

92481