Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली जनतामाथि अमानवीय संकट

एमाओवादीले भारतले नेपालमा कुनै दानमा सामान पठाउने गरेको नभई किनेर ल्याउने सामान आयातमा अवरोध सिर्जना गरेर नेपाली जनताविरुद्ध अमानवीय संकट थोपरिरहेको जनाएको छ।

एमाओवादी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी प्रवक्ता दीनानाथ शर्माले भारतले सामान्य युद्धका नियमको पनि पालना नगरेर औषधि, इन्धन, पाठ्यसामग्रीको पारबहनमा समेत अवरोध पुर्‍याएर अमानवीय कार्य गरिरहेको बताए।

‘रेडक्रसमा रगत संकलन गर्ने ब्यागसमेत भारतले रोकेर अमानवीय काम गरिरहेको छ,’ उनले भने। शर्माले भारतले जारी राखेको अघोषित नाकाबन्दीका कारण बढेको कालोबजारीले सर्वसाधारण जनता निकै मर्कामा परेको उल्लेख गर्दै सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए।

कान्तिपुर दैनिकमा समाचार छ, उनले तराई-मधेसको समस्या नेपालको आन्तरिक समस्या भएकाले आफैंले समाधान गर्ने बताए। मधेसी जनसमुदाय नेपाली जनता भएकाले मधेसको समस्या पनि नेपाली दल आफैंले समाधान गर्ने शर्माको भनाइ छ ।





Comments

comments

Leave a Reply

9442