हङकङमा चिसो मौसमको चेतावनी लागू

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ डिसेम्बर। हङकङमा आज बदली भई केही ठाउँमा पानी पर्ने र चिसो मौसमको चेतावनी लागू भएको छ।

चिसो फ्रन्टसँग सम्बन्धित जाडो मनसुनबाट प्रभावित ग्वाङ्डोङ तटको तापक्रममा उल्लेखनीय गिरावट आएको छ।

अब्जरभेटरीले हङकङमा आज (१६ तारिख) बिहानको तापक्रम हिजो (१५ तारिख)को भन्दा ४ देखि ८ डिग्री सेल्सियस कम रहेको जनाएको छ। अब्जरभेटरीले आज बिहान ९ बजे तापक्रम १८ डिग्री सेल्सियस र सापेक्षिक आर्द्रता ७६ प्रतिशत रेकर्ड गरेको छ।

चिसो मौसमले स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नागरिकलाई न्यानो रहन सचेत गरिएको छ।

आज दिउँसो बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

भोलि (१७ गते) बिहान मौसम चिसो हुने र आगामी एक–दुई दिनसम्म बिहान र साँझ भने निकै चिसो हुने अनुमान गरिएको छ। आगामी साताको मध्यमा घाम लाग्ने र बिहान चिसोसँगै सुख्खा रहने जनाइएको छ।





Comments

comments

94881