चोरले लुकाएका बहुमूल्य घडीहरु खोज्दै हङकङ प्रहरी

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ डिसेम्बर। हङकङ प्रहरीले सोमबार दिउँसो ताइ पोमा हराएका घडीहरूको खोजीलाई तीब्र पारेको छ। जुन घडीहरु गत मंगलबार चिम शा चुईस्थित एक पसलबाट चोरी भएको थियो।

स्थानीय मिडियाका अनुसार चाइनिज युनिभर्सिटी अफ हङकङ (CUHK) नजिकै पहाडको ताइ पो रोड मा लिउ शु खण्डमा खन्ने औजारसहित करिब २० जना प्रहरीहरू लुटपाटबाट हराएका घडीहरू खोजिरहेका थिए।

लुटिएका २४ घडीहरूमा मुख्यतया रोलेक्स, रिचर्ड मिले, पाटेक फिलिप र अडेमार्स पिगुएटलगायत चारवटा ब्रान्डका थिए। जुन लुटपाटबाट झण्डै ४० मिलियन हङकङ डलरभन्दा बढीको नोक्सानी भएको थियो।

सबैभन्दा मूल्यवान एक सेतो रिचर्ड मिल 35-03 घडी थियो, जसको एउटैको मूल्य मात्र ४.६ मिलियन हङकङ डलर पर्ने थियो।

प्रहरीले यस अघि यस अपराधमा संलग्न २१ देखि २४ वर्षका तीन जना चिनीयाँ पुरुषहरूलाई पक्राउ गरेका थिए। तर घडीहरू भेटिएका थिएनन्।

तीमध्ये एक प्रतिवादी धरौटीमा रिहा भएका छन् भने अरु प्रहरी हिरासतमा छन्।





Comments

comments

95308