Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

सुनिल संगम/ एचकेनेपाल डट कम –
लिस्बन, गैरआबासीय नेपाली संघ पोर्चुगलले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्ती ११ नोभेम्वरका दिन एक औपचारिक साहित्यिक कार्यक्रम गरी सम्पन्न गरेको छ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष तथा गीतकार सुनिल संगमद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलले गरेका थिए भने प्रमुख अतिथि आइ.सी.सी.सदस्य रमेश कुमार गुरुङ थिए।

दीप प्रज्वलन र महाकविको तस्बिरमा श्रद्धापूर्बक फूल अर्पण गरी सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रमेश कुमार गुरुङ, एन.आर.एन.पोर्तुगलका उपाध्यक्ष शम्भु गौतम, कथाकार तथा साहित्यकार मोहन आचार्य जलदलगायतले महाकवि देबकोटा र नेपाली साहित्यको बारेमा आफ्ना भनाइहरु राखेका थिए।





Comments

comments

Leave a Reply

9540