Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीका प्रशिक्षार्थीहरुलाई पोशाक वितरण

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा यु.के.का प्रमुख सल्लाहकार महेश गुरुङ्ग र सहारा हङकङ्गका सचिब खम बहादुर गुरुङलाई मंगलवार एक स्वागत कार्यक्रमको आयोजना गरियो।

एकेडेमी परिसरमा आयोजित कार्यक्रममा सहारा हङकङ्गका सचिब खम (सरोज) बहादुर गुरुङ्गले एकेडेमीमा आश्रित २६ जना बालकहरुलाई छत्तीस हजार रुपैयाँ बराबरको जिन्सी पाईन्ट, सर्ट, टिसर्ट प्रदान गर्नुभएको थियो। सो अवसरमा सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग र खम बहादुर गुरुङ्ग समेतले नेपालीहरुको चाड छठ र ल्होसारको उपलक्ष्यमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा सहारा हङकङका सदस्य विक्की गुरुङलगायत उहाँको श्रीमति समेतले पाँच हजार पाँच रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको थियो। सहारा क्लब पोखराद्धारा सञ्चालित उक्त एकेडेमीमा हाल १६ जिल्लाका २६ बालकहरु आश्रित छन भने उनीहरुको पालताल शिक्षादिक्षा र निशुल्क फुटबल प्रशिक्षण क्लबले नै प्रदान गर्दै आईरहेको छ।

स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा,अध्यक्ष वीरभद्र आचार्य र महासचिब केशब राज बराल समेतले मन्तब्य राख्नु भएको थियो।


फोटोः सुदर्शन रञ्जित





Comments

comments

Leave a Reply

9638