Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय नाकाबन्दीविरुद्ध हङकङमा विरोध प्रदर्शन (भिडियोसहित)


Warning: Undefined variable $attributes in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/simple-audio-player/simple-audio-player.php on line 76

Warning: Undefined variable $default_directory in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/simple-audio-player/simple-audio-player.php on line 79

Warning: Undefined variable $return in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/simple-audio-player/simple-audio-player.php on line 87

हेर्नुहोस् भिडियोः

अडियो फाइल सुन्नुहोस्

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २० नोभेम्बर। भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीविरुद्ध हङकङमा शुक्रवार विरोध प्रदर्शन गरिएको छ।

विभिन्न नाराअंकित व्यानर तथा प्लेकार्ड लिएर जुलुससहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावासअघि पुगेर नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन्।

गैरआवासीय नेपाली संघ हङकङ (एनआरएन)को पहलमा आयोजित विरोध प्रदर्शनमा यहाँका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी थिए।

भूपरिवेष्ठित देशमाथिको नाकाबन्दी गम्भिर अपराध भएकाले फिर्ता लिन माग गर्दै भएको प्रदर्शनमा सहभागीहरुले ब्याक अफ इण्डिया, इण्डिया स्टप ब्लकएड इन नेपाल, रेस्पेक्ट इन्टरनेसनल ट्रिटिज, योर एक्सन इज इनह्युमन एण्ड अगेन्स्ट इन्टरनेशनल ल लगायत नारा लेखिएका ब्यानर तथा प्लेकार्डहरु बोकेका थिए।

महावाणिज्यदूतावासअघि जुलुस पुगि सकेपछि ज्ञापनपत्रलाई पढेर सुनाइएको थियो। ज्ञापनपत्र भने भारतीय दूतावासले बुझ्न अस्वीकार गरेको छ। कार्यालयभित्र पुगेर ज्ञापनपत्र बुझाउन खोज्दा सुरक्षाको कारण देखाउंदै सुरक्षाकर्मीले रोकेपछि ज्ञापनपत्र बुझाउन असफल भएको थियो। एनआरएनए हङकङका अध्यक्ष ललित लिम्बुले अब थप कार्यक्रम के गर्ने भन्नेबारे छिट्टै छलफल गरिने जनाएका छन्।

भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध गैरआवासीय नेपाली संघको पहलमा विभिन्न देशहरुमा विरोध प्रदर्शनहरु भइरहेका छन्। विश्वका विभिन्न देशहरुमा रहेका गैरआवासीय नेपालीले विरोध प्रदर्शनपछि संबन्धित दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाउंदै नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी हटाउन दबाब दिदै आएका छन्।

तस्वीरः जगतअम्बु गुरुङ थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

9676