सहारा क्लब हङकङ सल्लाहकार देव गुरुङद्वारा निरन्तर सहयोग

पोखरा, ११ पुस । सहारा क्लब हङकङका सल्लाहकार कानुन व्यवसायी देव गुरुङले सहारा क्लब पोखरालाई सहयोग गरेका छन्।

पोखरा लामाचौर स्थायी घर भई हाल हङकङ बस्दै आएका उनी समाजसेवीको रुपमा पनि चिनिन्छन् । उनले क्लबलाई निरन्तर सहयोग गर्दै आएका छन्।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप तयारी हुँदै गर्दा पोखरा आएका बखत उनले ५१ हजार नगद प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे \। सो अवसरमा उनलाई क्लबले स्वागत तथा सम्मान गरेको छ । सहारा क्लब हङकङका सल्लाहकार देव गुरुङले प्रतियोगिताका लागिसहित सहारा एकेडेमी तथा सहारा अक्षयकोषमा पनि निरन्तर सहयोग गर्ने गर्छन्।

खेलप्रेमी एवं दोहोरीगायक समेत रहेका उनले सहारा एकेडेमीका लागि समग्रमा करिब ७ लाख आर्थिक सहयोग गरिसकेका छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित उक्त फुटबल प्रतियोगिता हुँदैछ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् । नेपालमा झण्डै साढे दुई दशकसम्म निरन्तर आयोजना हुने प्रतियोगितामा आहा रारा पोखरा गोल्डकप एकमात्र हो।





Comments

comments

97064