मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु

चितवनको भरतपुर–माडी सडकखण्ड अन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो।

गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

97249