सुनको सिक्री चोरेको आरोपमा हङकङमा एक नेपाली पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० डिसेम्बर। सुनको सिक्री चोरेको आरोपमा हङकङमा शनिवार एक नेपाली पक्राउ परेका छन्।

स्थानीय मिडियाका अनुसार शनिवार ३० तारिख दिउँसो १:४६ बजे एक दक्षिण एसियाली पुरुष ग्राहकको रुपमा चिम शा चुईको एक गहना पसल पार्क लेन शपर्स बुलेभार्डमा गएका थिए ।

उनले सुनका गहनाहरु हेर्दै थिए। जब पसलका स्टाफले उप्रति ध्यान दिएन। त्यसबेला करिब ३५ हजार ९०० हङकङ डलर मूल्यको सुनको चेन लिएर उनी त्यहाँबाट भागेका थिए।

५२ वर्षीया महिला कर्मचारीले घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइन्।

जब दक्षिण एसियाली व्यक्ति काउलुन पार्क नजिकै हाइफोङ रोडतर्फ भाग्दै थिए। उनलाई प्रहरीहरूले तुरुन्त पक्राउ गरि हाले।

प्रहरीले उबाट चोरीको सुनको सिक्री बरामद गरेको छ भने हङकङको परिचयपत्र बोकेका ४० वर्षीय नेपालीलाई चोरीको आशंकामा पक्राउ गरी हिरासतमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।





Comments

comments

97480