कोलोराडोका नेवाः समुदायबाट नेपाली सांस्कृतिक केन्द्रलाई १६ हजार डलरभन्दा बढी सहयोग

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

डिसेम्बर ३१, कोलोराडो, अमेरीका। योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आईतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्हीसंगै नेपाली सांस्कृतिक केन्द्रलाई १६ हजार डलर भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेवाः खलः कोलोराडोले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई योमरी संकलन गर्ने तरिका सिकाउदै, नेवारी गीत संगीतमा नृत्य तथा यथासक्य दान गर्ने प्रतिबद्धता जनाउदै उपस्थित सबैलाई योमरी बितरण गरी हर्साेउल्लासका साथ उनीहरुले योमरी पुन्ही मनाएका हुन्।

कोलोराडोस्थित लाफीयत लाइब्रेरीमा सम्पन्न कार्यक्रममा यहाँस्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, कालाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

धिमेबाजाको तालमा सहकाल तथा सम्पन्नताका देवता कुवेरको पुजागरी सुरु गरिएको कार्यक्रमा आयोजक संस्था नेवाः खलःका उपाध्यक्ष मनोजकाजी तुलाधरले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने सबिता श्रेष्ठले संचालन गरेकी थिईन्।

त्यस्तैगरी संस्थाका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रमको महत्व र यसको ईतिहास कोट्याउदै नेवाः समुदायमा यस पर्वलाई दान दिने दिनको रुपमा पनि चिनिने गरेको बताए । त्यसैले संस्थाले यसबर्ष यहास्थित नेपाली सांस्कृतिक केन्द्रलाई सहयोग गर्ने निर्णय भएको बताए। सोही अनुसार भुवन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सहयोग संकलन समिति समेत गठन भएको जानाकारी गराउदै नेपाली घरका पदाधिकारीलाई संस्कृतिक केन्द्रको बर्तमान अवस्थाबारे जानाकारी गराउन अनुरोध गरे।

सोही अनुसार नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल र महासचिव भोला कटुवालले नेपाली संस्कृतिक केन्द्रको भौतीक र आर्थिक अवस्थाबारे जानाकारी गराउदै सहयोग गर्न सकिने बिभिन्न माध्यमहरुका जानाकारी दिए । उनीहरुले यस महाअभियानमा सबैलाई जोडीन अनुरोध गरे।

यसरी नेपाली सॉंस्कृतिक केन्द्र निर्माण सहयोगार्थ नेपाली घरको “एक घर एक हजार डलर अभियान” लाई साथ दिंदै आर्थिक सहयोग गर्ने प्रतिबद्दता जनाउनेमा मनोजकाजी तुलाधर / रमिता तुलाधर , भुवनकृष्ण श्रेष्ठ / तारादेवी श्रेष्ठ, सञ्जय शाक्य / रजिना शाक्य , अजय प्रधान / सबिना प्रधान, अनिल बज्राचार्य / प्रतिभा बज्राचार्य, रोशन महर्जन / सविता श्रेष्ठ, प्रचण्डराज श्रेष्ठ / पेमा डोल्कर श्रेष्ठ , सुरेश ताम्राकार / कुसुम ताम्राकार , अमित श्रेष्ठ / अबिना श्रेष्ठ , सुरेशचन्द्र प्रधान / उषा प्रधान, मधुसुदन श्रेष्ठ / लक्ष्मी श्रेष्ठ, विश्वमान प्रधान / सर्मिला प्रधान , राजन जोशी / सर्मिला जोशी, डा. सजित मल्ल / डा. निकिता राजभण्डारी , अमित श्रेष्ठ / प्रतिभा प्रधान र विभूषण श्रेष्ठ रहेका छन्।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे। उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनीहरु कत्तिका दानी रहेछन् भनी बुझ्न दरिद्रको भेष गरि ति दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न भित्र्याएपछि भकारीमा गणेश, कुवेर र तिनका बाहानसहितको प्रतिमा बनाई तिनलाई योमरी चढाउने बिधि बताएर कुवेर अन्तर्ध्यान भएछन्। त्यो दिन मंसिर शुक्ल पूर्णिमा परेको थियो । त्यसैबेलादेखि योमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ।

मातृभूमिबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागि नेवारी समुदायले अयोजना गरेको योमरी पुन्ही कार्यक्रम प्रभावकारी थियो। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष भुषणलालले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै मातृभूमिको रहनसहन तथा चाल चलनबाट टाढा रहेका हाम्रा बाल बालिकाहरुलाई यस्ता कार्यक्रमहरुमा सहभागी नगराउने हो भने हाम्रो संस्कृति यही पुस्ताबाटै लोप हुने खतरा रहेको बताएका थिए।





Comments

comments

97721